Siraha Times
ताजा समाचार

वाडा भेला कार्यक्रम सम्मपन्न

  • फागुन १, २०८१
  • ६४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास, लाहान, फागुन ०१ । माघ ३ गते गोलबजार नगरपालिकाको वडा नम्बर ८ भाइजी टोलको आधारभूत विद्यालय मा बालविवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवाला हरुको भूमिका विषयमा वडा भेला सम्पन्न भएको छ । लगभग १३० जनाको उपस्थिति रहेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जातीय माइनजन, शिक्षक, सामाजिक अगुवा, महिला, किशोर किशोरी, अभिभावक, पार्र्टी प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका आमा समूह, किशोरी समूहका सहभागीहरू थिए । 

School 26

मुक्ति नेपालको आयोजनामा संचालित उक्त कार्यक्रममा समाजमा रहेको चलन प्रचलन र त्यसले निम्त्याउने हिंसा रोकथामका लागि गरिने प्रयास विषयमा छलफल गरीएको थियो । सहभागिहरुले समाजमा रहेको समस्या र उनीहरु भोग्दै आएको पिडा बारे आ आफ्नो भनाई राखेका थिए भने अभिभावकहरुले अहिलेको प्रचलन र उनीहरुको बाध्यतालाई प्रस्टरुपमा राखेका थिए । 

हाम्रो समाजमा प्राय १४ देखि १६ वर्षको उमेरमा विवाह गरिदिन्छन् , विवाह गर्ने पनि विभिन्न समस्याहरू हुन्छ, कसैको आर्थिक अवस्था कमजोर हुन्छ भने कोही अरुसँग भागीदेला भन्ने डरले सानै उमेरमा विवाह गरिदिन्छन् र पहिलादेखि नै चल्दै आएको चलन पनि अहिलेसम्म पछ्याएर नै यस्ता विवाह गर्ने गरेको गोलबजार ८ सिडिओ टोलकी १७ वर्षिय वर्षा सदा भन्छिन् । त्यस्तै हामी पढन चाहन्छौं पढ्न जान इच्छुक पनि हुन्छौँ ।

तर हाम्रो पारिवारीक अवस्थाका कारण हामीलाई खेतको काममा र घरको काममा अल्झाइ राख्नुहुन्छ । भान काटने बेला धान काट्दै समय बित्यो । पढ्न पाइन र जाँच पनि दिन पाइन । यस्तै हुन्छ पढ्ने बेला हामीलाई काममा लगाउँछन् र समय बित्दै जान्छन् त्यसपछि हामी अलि ठूलो हुन जान्छौं हाम्रो पढाइ छुट्दै जान्छन् र त्यसपछि भन्छन् अब त ठुली भइस अब के पढ्ने ? अब यसको बिहे गरेर पठाइदिने भन्छन् र गाउँका व्यक्तिहरूले नानाथरिका कुरा काट्न थाल्छन् र पछि बाध्य भएर हाम्रो अभिभावकले पनि र हामी पनि बालविवाह गर्न बाध्य हुन्छौँ । सुलेखा सदा भन्छिन् ।

६० वर्षीय लक्ष्मीनिया मण्डल भन्नुहुन्छ । पहिला १०–१२ वर्षको उमेरमै विवाह हुन्थ्यो । तर त्यतिबेला हाम्रो गउना हुन्थ्यो । जुन विवाहको १०–१२ वर्ष पछाडि हुन्थ्यो जब हामी ठूलो भइहाल््थे तर अहिलेको जमानामा विवाह हुन्छ र सँगै बस्न थाल्छन् त्यही भएर हामीले आफ्ना छोराछोरीको विवाह उमेर पुगाएरै गर्नु राम्रो हुन्छ । शिक्षक लट्टु कुमार पूर्वे भन्नुहुन्छ बाल विवाह हुनुको कारण शिक्षाको अभाव वा पढाई बाट बन्चित रहनु पनि हो । हामी सबै नियमित विद्यालय आउने गर्छाैं । तर बच्चाहरू एउटा पनि नियमित आउँदैन । 

यस वडा भेलामा प्राय सबैजना अभिभावक हुनुहुन्छ तपाईहरु आफ्नो बच्चालाई नियमित स्कुल पठाउनु र हामीमा केही कमजोरी छ भने हामीलाई भन्नुस् हामी सुधार्नेछौं । तपाईहरु छोरालाई पठाउनुहुन्छ तर छोरीलाई पढ्न पठाउन ुहुन्न यस्ता विभेद नगर्नुस । छोराछोरी दुईटैलाई स्कुल पठाउनुस । समाजसेवी राम लखन मण्डल भन्नुहुन्छ म आफ्नो छोरी पोतीको विवाह सानै उमेरमा गर्न खोज्दा १५ जनाले गर्न भन्छ भने दुईजनाले नगर्न भन्छ । त्यस्तो अवस्थामा कसको कुरा मान्ने ? हामीले बिहे गर्न बाध्य हुन्छौँ । बालबच्चाहरूले पनि हाम्रो कुरा बुझिदिँदैन । प्राय धेरैको बच्चा भाग्ने गर्छन् हामीलाई डर हुन्छ । त्यही भएर विवाह गरेर पठाएकै राम्रो भनेर विवाह गरेर पठाइदिन्छौं ।

वडा सदस्य मोतिलालमण्डल भन्नुहुन्छ । कसैको बालविवाह हुन लागेको छ र हामीले रोक्न गयो भने उल्टै हामीलाई नराम्रो भन्न थाल्छ । छोरीबाट काम गराउने गर्छन्, पढाउँदैनन् यदि आर्थिक अवस्थाकै कारण कपी किताब किन्न नभ्याएर पढाइ छुराएको हो भने म प्रतिबद्धता जनाउँछु कि त्यस्ता व्यक्तिहरु म कहाँ वडामा आओस् म उनीहरुलाई यो सबै व्यवस्था मिलाउने छु । तर आफ्नो नानी बाबु दुइटैलाई बराबरी मानी स्कुल पढ्न पठाउनुस ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१