लहानमा ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ नारासहित एघारौँ उद्योग दिवस सम्पन्न

  • मंसिर ९, २०८२
  • २६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, मंसिर ९ । घरेलु तथा साना उद्योग कार्यालय लहानको आयोजनामा एघारौँ उद्योग दिवस–२०८२ आज मंसिर ९ गते मंगलबार अत्यन्तै उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा लहान तथा आसपासका उद्योगी, व्यापारी, सरकारी कार्यालय, सुरक्षा निकाय तथा पत्रकारहरूको विशेष सहभागिता रहेको थियो।

1_1763217215 3

कार्यक्रमको अध्यक्षता जिल्ला घरेलु तथा साना उद्योग सञ्चालक समितिका सभापति दिनेश कुमार महतोले गर्नुभयो। प्रमुख अतिथिका रूपमा उपस्थित लहान नगरपालिकाका प्रमुख महेश चौधरीले उद्योग विकास स्थानीय समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै लहानलाई औद्योगिक केन्द्रबिन्दु बनाउन नगरपालिका निरन्तर प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले आवश्यक पूर्वाधार विकास, उद्योग दर्ता प्रक्रिया सजिलो बनाउने, सीपमूलक तालिम तथा रोजगारी विस्तारमा स्थानीय सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो।

1_1763217215 4

यस्तै, राजस्व कार्यालय लहानका प्रमुख भीम काफ्ले, मधेश प्रदेश घरेलु तथा साना उद्योग कार्यालयका सदस्य रामदेव ठाकुर, उद्योग वाणिज्य संघ सिरहाका अमरनाथ झा, निर्मला ठाकुर, सुखिपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सुरज यादव, उद्योग वाणिज्य संघ सारदाका प्रतिनिधिहरू, शसस्त्र प्रहरी बल लहानका निरीक्षक रामेश्वर राम, बीमा कम्पनीका प्रमुख सूर्यनाथ महतो, पत्रकार महासङ्घ सिरहाका अध्यक्ष मनोज बनेता, तथा घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख किशोरी शरण यादवलगायत अतिथिहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा उद्योग क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान पनि गरिएको थियो। उक्त अवसरमा लहान २४ निवासी सुदिप कुमार झालाई घरेलु उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादन विकासमा गरेको सक्रिय भूमिकाका लागि कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो।

कार्यक्रमका विशेष वक्ता तथा PHD Holder डा. विश्वनाथ झाले आफ्नो ४ वर्षे औद्योगिक अनुभव प्रस्तुत गर्दै उत्पादनका पाँच प्रकारमा आफूले काम गरेको स्मरण गर्नुभयो। उहाँले नेपाली उत्पादनले गुणस्तरका मानकहरू पूरा गर्न थाले पनि बजार प्रतिस्पर्धा कठिन भइरहेका कारण तत्कालीन चुनौती समाधानका लागि दक्ष जनशक्ति, प्रविधि आधुनिकीकरण र सरकारी सहजीकरण अपरिहार्य रहेको बताउनुभयो। “नेपालमै उत्पादन क्षमतामा ठूलो सम्भावना छ, तर भारतीय सामान छिटो उपलब्ध हुने भएकाले प्रतिस्पर्धामा चुनौती छ। हामीले समयमै गुणस्तर, परिमाण र वितरण प्रणाली मजबुत बनाउन सके घरेलु उद्योग नै आर्थिक रूपान्तरणको माध्यम बन्न सक्छ,” उहाँले जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले उद्योग संचालनमा देखिएका कठिनाइ, कर प्रणाली सहजिकरण, लगानी आकर्षण, बजार व्यवस्थापन तथा दिगो औद्योगिक वातावरण निर्माणबारे आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। अन्त्यमा, अध्यक्ष दिनेश कुमार महतोले सबैको सहभागिता र सुझावले औद्योगिक विकासमा थप प्रेरणा मिलेकाले घरेलु तथा साना उद्योग कार्यालय लहानले आगामी दिनमा उद्यमशीलता विकास, सीप तालिम, सहयोग तथा परामर्श सेवालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो। मंसिर ९ गतेको एघारौँ उद्योग दिवस कार्यक्रममा व्यक्त गरिएका प्रतिवद्धता, सुझाव तथा साझेदारीले लहानलाई औद्योगिक प्रगतिको नयाँ दिशातर्फ उन्मुख गराउने स्थानीय उद्योगी–व्यापारीहरूले अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

श्री जनता राष्ट्रिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। खडक नगरपालिका ०७, कल्याणपुरस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा ...

शिक्षामासुधार पडरिया ...

रहामुल लहान ८मंसिर । सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया टोल सुधार समितिले टोलका विद्यार्थी र युव ...

विश्व शौचालय दिवस २० ...

ओम प्रकाश यादव लहान, मंसिर ८ । विश्व शौचालय दिवस २०२५ को अवसरमा लहान नगरपालिका २४, मलहनमा अवस्थित श् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१