ताजा समाचार

सिरहामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वान्दो र कराते खेलको जिल्ला छनोट प्रतियोगिता जिरोमाइलमा सम्पन्न

  • कार्तिक १६, २०८३
  • १२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान कार्तिक १५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, जिती मधेस’ भन्ने मूल नारासहित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि सिरहा जिल्लास्तरीय तेक्वान्दो तथा कराते खेलको छनोट प्रतियोगिता आयोजना गरिएको छ। जिल्ला खेलकुद विकास समिति सिरहाको आयोजनामा कार्तिक १४ गते निर्मल लामा स्मृति कभर्डहल, जिरोमाइलमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्देश्य राष्ट्रिय खेलकुद प्रतियोगितामा सिरहा जिल्लाको प्रतिनिधित्व गर्ने योग्य तथा प्रतिभाशाली खेलाडी छनोट गर्नु रहेको आयोजकले जनाएको छ।

जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष श्रवण ठाकुरको अध्यक्षतामा सम्पन्न छनोट प्रतियोगितामा तेक्वान्दो खेलका विभिन्न विधामा खेलाडीहरूले आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए। प्रतियोगितामा सहभागी खेलाडीहरूले प्रतिस्पर्धात्मक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै राष्ट्रियस्तरमा जिल्लाको प्रतिनिधित्व गर्ने अवसरका लागि प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ठाकुर, तेक्वान्दो प्रतिनिधि सिरहाका विनयाचल सिंह चौहान, जिल्ला खेलकुद समितिका अध्यक्ष ध्रुवकुमार मुक्तान, जिल्ला खेलकुद समितिका हुकुमलाल कामती तथा तेक्वान्दो प्रशिक्षक **सगम लामा**लगायतको उपस्थिति रहेको थियो।

छनोट प्रतियोगितामा पुरुष तथा महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी खेलाडीहरूमा सुदीप मगर, अमृत स्याङ्बा तामाङ, नितेश विक, कमलदीप यादव, अनिप यादव, सजन मगर, सुशान्त मुक्तान, रामभगत साह, सुदीप राणा, तविन विक, आदर्श तिमिल्सिना र रचित लामा रहेका थिए। त्यसैगरी महिला खेलाडीतर्फ सोहना दनुवार, सन्तोषी कुमारी महतो, प्रिन्सी आले मगर, उपासना नगर, सलिना यादव, अञ्जली राई, पुष्पा शाह, रिया यादव, अंशु परियार, आकृति चौधरी, अनुसा परियार, आरती सिंहलगायतले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगिताले जिल्लामा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। यस्ता प्रतियोगिताले युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै अनुशासन, शारीरिक स्वास्थ्य, आत्मविश्वास र राष्ट्रप्रतिको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याभउने अपेक्षा गरिएको छ। जिल्ला खेलकुद विकास समिति सिरहाले खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लालाई राष्ट्रिय खेलकुद क्षेत्रमा थप पहिचान दिलाउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा रक्तदान अभ ...

आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तद ...

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤