आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय सेवाका लागि आयोजित यस कार्यक्रममा २० जना महानुभावले उत्साहपूर्वक रक्तदान गर्नुभएको छ । संघका अध्यक्ष रामबाबु शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख पदका प्रत्यासी एवं नेपाली कम्युनिष्ट पार्टीका कटहरिया नगर सभापति नसरुदिन अन्सारी, कटहरिया वडा नं. ५ का वडा अध्यक्ष सरफलाल गुप्ता, वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, प्रतिष्ठित निर्माण व्यवसायी एवं भावी मेयर पदका उम्मेदवार श्रीकान्त यादव, मेयर पदका प्रत्यासी योगेन्द्र शाहको सहभागिता रहेको थियो । त्यसैगरी, इलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज जयप्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टी कटहरियाका नगर सभापति भिखारी पण्डित, नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र प्रसाद सिंह लगायत अन्य व्यक्तित्वहरूको पनि विशेष उपस्थिति थियो ।
कार्यक्रम सफल बनाउन मेयर प्रत्यासी अन्सारी, वडा अध्यक्ष गुप्ता, भावी मेयर उम्मेदवार श्रीकान्त यादव तथा वडा अध्यक्ष कुशवाहाले विशेष सहयोग गर्नुभएको थियो । उहाँहरूले कार्यक्रममा सम्बोधन गर्दै रक्तदानलाई जीवनदानको रूपमा चर्चा गर्दै यस्ता परोपकारी र सामाजिक कार्यमा सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू गोलबद्ध हुनुपर्नेमा जोड दिनुभयो । मधेस रेडियो श्रोता संघले आयोजना गरेको यो कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक पहलहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेरोसो रौतहटका मन्त्री सिंहले समाजमा अझै पनि रगतको अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको यथार्थ औंल्याउँदै युवाहरूलाई नियमित रक्तदान गर्न आह्वान गर्नुभयो । रेडक्रस र ब्लड बैंकको तर्फबाट आवश्यक प्राविधिक सहयोग निरन्तर रहने बताउँदै, आयोजक संस्थालाई यस्तो जीवनरक्षक अभियान चलाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा माध्यमिक बिद्यालय भषेडवाका प्रधानाअध्यापक कपिलदेव प्रसाद यादव, कटहरियाका चार्टर्ड एकाउन्टेन्ट (सीए) सन्तोष सोनी, बाल कल्याण विद्या मन्दिरका प्रबन्ध निर्देशक बैजु दास कथवनिया र जीवन ज्योति हस्पिटलका सञ्चालक पवन ठाकुर लगायत स्थानीय व्यवसायी तथा बुद्धिजिवीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
यस रक्तदान कार्यक्रमको प्रचारप्रसार तथा मिडिया पार्टनरको रूपमा बजिकाञ्चल एफएम ९२.२ मेगाहर्ज, नेपालपरिवेश डटकम, कोल्हवी न्युज र बौधीमाई खबर डटकम रहेका थिए । कार्यक्रमलाई सफल बनाउन वरिष्ठ पत्रकार संजय मिश्र,प्रकाश श्रेष्ठ, बजिकाञ्चल एफएमका संचालक एवं पत्रकार आरके श्रीवास्तव,बजिकाञ्चल एफएमका स्टेसन म्यानेजर पत्रकार सागर संगम संगम ठाकुर, तथा सम्पादक रामधार प्रसाद यादव, एफएमका प्रस्तोता सुरज यादव र प्राविधिक चन्दन यादव लगायतको टिमले महत्वपूर्ण योगदान पु¥याएका थिए ।
कार्यक्रममा सहयोग पु¥याउने अतिथि तथा व्यक्तित्वहरूलाई कदरस्वरूप प्रशंसा पत्र र गमछा ओढाएर सम्मान गरिएको थियो ।साथै, रक्तदान गर्ने रक्तदाताहरूलाई नेपाल रेडक्रस सोसाइटी र आयोजक संस्थाको तर्फबाट प्रशंसा पत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रौतहटको कटहरियामा मधेस रेडियो श्रोता संघको आयोजनामा भव्य रक्तदान कार्यक्रम सम्पन्न आरके श्रीवास्तव,रौतहट,१४ गते कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मानवीय सेवाका लागि आयोजित यस कार्यक्रममा २० जना महानुभावले उत्साहपूर्वक रक्तदान गर्नुभएको छ । संघका अध्यक्ष रामबाबु शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख पदका प्रत्यासी एवं नेपाली कम्युनिष्ट पार्टीका कटहरिया नगर संयोजक नसरुदिन अन्सारी, कटहरिया वडा नं. ५ का वडा अध्यक्ष सरफलाल गुप्ता, वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, प्रतिष्ठित निर्माण व्यवसायी एवं भावी मेयर पदका उम्मेदवार श्रीकान्त यादव, मेयर पदका प्रत्यासी योगेन्द्र शाहको सहभागिता रहेको थियो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज जयप्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टी कटहरियाका नगर सभापति भिखारी पण्डित, नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र प्रसाद सिंह लगायत अन्य व्यक्तित्वहरूको पनि विशेष उपस्थिति थियो । कार्यक्रम सफल बनाउन मेयर प्रत्यासी अन्सारी, वडा अध्यक्ष गुप्ता, भावी मेयर उम्मेदवार श्रीकान्त यादव तथा वडा अध्यक्ष कुशवाहाले विशेष सहयोग गर्नुभएको थियो । उहाँहरूले कार्यक्रममा सम्बोधन गर्दै रक्तदानलाई जीवनदानको रूपमा चर्चा गर्दै यस्ता परोपकारी र सामाजिक कार्यमा सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू गोलबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
मधेस रेडियो श्रोता संघले आयोजना गरेको यो कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक पहलहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेरोसो रौतहटका मन्त्री सिंहले समाजमा अझै पनि रगतको अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको यथार्थ औंल्याउँदै युवाहरूलाई नियमित रक्तदान गर्न आह्वान गर्नुभयो । रेडक्रस र ब्लड बैंकको तर्फबाट आवश्यक प्राविधिक सहयोग निरन्तर रहने बताउँदै, आयोजक संस्थालाई यस्तो जीवनरक्षक अभियान चलाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा माध्यमिक बिद्यालय भषेडवाका प्रधानाअध्यापक कपिलदेव प्रसाद यादव, कटहरियाका चार्टर्ड एकाउन्टेन्ट (सीए) सन्तोष सोनी, बाल कल्याण विद्या मन्दिरका प्रबन्ध निर्देशक बैजु दास कथवनिया र जीवन ज्योति हस्पिटलका सञ्चालक पवन ठाकुर लगायत स्थानी
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved