Siraha Times
ताजा समाचार

मधेसका असल राजनेता हुन मुख्यमन्त्री मोहम्मद लालबाबु राउत

  • वैशाख ३०, २०७५
  • १४८०२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ३० । नेपालका कैयौं न्युज च्यानेलहरु अहिले उहांको चरित्र हत्या प्रयासमा उद्द्त भएको देखिन्छ। यो घटना पहिलो भने हैन , मुख्यमन्त्री चुनिएपश्चात् देखि नै राज्यले मधेसलाई फरक नजरले हेर्ने गरेको कुरा स्पष्ट पारै लगतै उनी यहाका मिडियाकर्मी तथा सङ्किर्ण मानसिकता भएका व्यक्तिहरुको आंखाको तारो हुन पुगे। जनकपुरको बार्हबिघामा मुख्यमन्त्रीज्युले स्पष्ट पारेको कुरा एकदमै सत्य एव वहाँको सहि निर्णय रहेको थियो । विभेदमा पारिएको कुरा अनेक संचार माध्यमको मदतले अन्तराष्ट्रिय स्तरमा पुगेको छ। अहिले यहाँ उब्जिएको २ प्रश्न के छ भने :-
- अन्तरास्ट्रियस्तरको मंचमा विभेदको कुरा गर्नु के जायज थियो?
- झण्डाको फेरिएको स्वरुप।

विभेदको कुरा हाम्रो घरायसी कुरा हो, विचार राख्नेले बुझुन यसको सामधान त घरायसी तवरले कहिल्यै गर्न खोजिएन। घरको कुरा मिलाउन आफ्ना नै अनईच्छुक देखिएपछि छिमेकीलाई मध्यस्थकर्ताको रुपमा राखिन्छ। त्यसैले अन्तरास्ट्रियस्तरको मंचमा कुरा राखिनु एकदमै सहि निर्णय थियो। तर जनकपुरपछि मुक्तिनाथमा पनि निक्कै सम्मानआदर पाएर मख्ख परेका मोदिज्यु मधेसको मुद्दाबाट यसपाली आफुलाई टाढा राखे जुन कुरा काठमाडौंमा मधेसवादी दलसंगको वहाको छलफलले स्पष्ट पारेको छ। त्यसैले मधेसका लागि मोदि भन्दा हाम्रो लालबाबु राउत जस्ता नेता, आशाका किरण हुन बुझ्नुपर्छ।

झण्डाको फेरिदो स्वरुपमा त्रुटि भएकै हो यो कुरा देखि लालबाबु राउत पनि अनभिज्ञ थिए किनभने झण्डा लगायत जानकीमन्दिर परिसर भित्रको सबै कार्यक्रमको कार्यभार मन्दिरको महन्तज्युले आफै सम्भालेका थिए । धर्मकर्ममा लिप्त रहने महन्थज्युको ध्यान ती त्रुटितिर गएन। ई कुरा जानकारी गराउदा पनि पत्रकार रबि लामिछाने लालबाबु राउत प्रति आक्रमक बनिरहे । पत्रकारज्युको एकमात्र अडान के थियो भने मुख्यमन्त्री भएपछि थाहा पाउनुपर्ने हो कि हैन ? ई प्रश्न नै उहाको रटान थियो।

पत्रकार महोदय देशको प्रधानमन्त्रीज्यु त CTEVT लाई CCTV उच्चारण गर्नुहुन्छ। यदि प्रधानमन्त्री हुदैमा सारा कुरा थाहा छैन भने मुख्यमन्त्री हुदैमा सारा कुरा थाहा हुनैपर्छ भन्ने कुरा कुन शास्त्रमा उल्लेख गरिएको छ। त्रुटि जोसुकै संग हुन्छ , राउतज्यु मन्दिर परिसर बाहिरको कार्यमा व्यस्त रहेको र जानकीमन्दिर परिसर भित्रको अभिभारा महन्तज्यु आफैले लिएको कारण यो त्रुटि हुनगयो। कि अब महन्तज्युलाई ई गल्तिको कारण फाँसी दिए मात्रै तपाईहरुको आत्माले शान्ति पाउनेछ ? पत्रकार महोदय मुख्यमन्त्रीज्युसंग जुन हेपहा प्रवृतीले तपाईंले प्रश्न गर्नुभयो तपाईको मधेसप्रतिको नियति झन नांगिएको छ। त्यसैले लालबाबू राउतज्युले फोन राखेको कुरा समर्थन योग्य छ।

copy #SantoshJha को वाल बाट

प्रतिक्रिया दिनुहोस

विद्यालयको आम्दानी स ...

रहमुल, लहान ८ जेठ । “कला संस्कृतिहाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान&rdquo ...

सखुवानन्कारकट्टी–५ म ...

रहमुल, लहान, ८ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ स्थित बि.एम. इंगलिश बोर्डिंग स्कू ...

शिक्षा सहयोगले उज्या ...

रहमुल, लहान ८ जेठ । M.C.C. र दलित जनकल्याण युवा क्लब लहानको संयुक्त सहकार्यमा विद्यालयका सम्पूर्ण वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१