ताजा समाचार

छेदीचौकमा दुईदिने कुस्ती दंगल सुरु, सांसद रविन्द्र पटेलसहितका अतिथि सम्मानित

  • कार्तिक ३, २०८३
  • १७१ पटक पढिएको
  • रहमुल
alt

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दुर्गा पूजा समितिको आयोजनामा दुईदिने कुस्ती प्रतियोगिता (दंगल) सुरु भएको छ। आजदेखि सुरु भएको प्रतियोगिता भोलिसम्म सञ्चालन हुने मेला आयोजक समितिले जानकारी दिएको छ।

कुस्ती प्रतियोगिता सुरु गर्नुअघि मेला समितिले खेल हुने स्थलमा विधिपूर्वक पूजा–पाठ गरेको थियो। त्यसपछि हनुमानजीको ध्वजामा झण्डा लगाएर धार्मिक विधिअनुसार दंगलको उद्घाटन गरिएको हो। प्रतियोगिताको अवसरमा रौतहट निर्वाचन क्षेत्र नं. ३ का माननीय रविन्द्र पटेल उर्फ धिरजलाई सम्मान गरिएको थियो। साथै, कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा अतिथिहरूलाई आयोजक समितिले गम्छा ओढाएर स्वागत तथा सम्मान गरेको थियो।

कार्यक्रममा भावी नगरप्रमुख पदका उम्मेदवार श्री कान्त यादव, वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी, समाजसेवी प्रेमशंकर यादव, वडा अध्यक्ष हरिन्द्र साह, पूर्व वडा अध्यक्ष राजकुमार साह, विजय यादव, नगर उपप्रमुख पदका प्रत्याशी जितेन्द्र यादव, नगर सभापति भिखारी पण्डित, युवा नेता राजु भास्करलगायत स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी तथा हजारौं खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

दंगलको पहिलो चरणमा भावी नगरप्रमुख पदका उम्मेदवार श्रीकान्त यादवले खेलाडीहरूसँग हात मिलाउँदै खेलाडीलाई जनही एक हजार रुपैयाँ नगद प्रदान गरी खेलको सुरुवात गर्नुभएको थियो। दोस्रो चरणमा नगर सभापति भिखारी पण्डितले खेलाडीहरूसँग हात मिलाएर प्रतियोगितालाई अगाडि बढाउनुभएको थियो।

त्यसैगरी, तेस्रो चरणमा नेपालका प्रसिद्ध कुस्ती खेलाडी देवा थापासहितका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। उक्त चरणमा माननीय रविन्द्र पटेल उर्फ धिरजले दुवै खेलाडीको हात मिलाएर खेलको सुरुवात गराउनुभएको थियो। उहाँले खेलाडीहरूलाई एक एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको थियो।

मेला आयोजक समितिका अनुसार आज र भोलि सञ्चालन हुने कुस्ती प्रतियोगितामा विभिन्न स्थानबाट आएका महिला, पुरुष पहलवानहरूले प्रतिस्पर्धा गर्नेछन्। परम्परागत कुस्ती खेलको संरक्षण, खेलाडीहरूको प्रतिभा प्रदर्शन तथा स्थानीय धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।छेदीचौकमा आयोजित श्री नौ दुर्गा पूजा मेलाअन्तर्गतको यस दंगलले स्थानीयवासी तथा खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै परम्परागत खेलकुदप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤