रहमुल,लहान, १३ मंसिर । सुनसरीको भोक्राहा–नरसिंहमा कृषि, व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी पुस ३ गतेदेखि १९ गतेसम्म ‘भोक्राहा–नरसिंह महोत्सव २०८३’ आयोजना हुने भएको छ। जनता युवा क्लबको आयोजनामा सञ्चालन हुने महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज, घरेलु उत्पादन, व्यापारिक गतिविधि तथा पर्यटकीय सम्भावनाको प्रचारप्रसार र प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि तथा व्यापारिक प्रदर्शनी सञ्चालन गरिने आयोजकको तयारी छ। यसले स्थानीय प्रतिभालाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादन तथा व्यवसायलाई बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक एकता, आपसी सद्भाव, भाइचारा र सामुदायिक सहकार्य अभिवृद्धि गर्ने साझा उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
विभिन्न जातजाति, भाषा, धर्म र समुदायबीच आपसी सम्बन्ध तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अवसरका रूपमा समेत महोत्सवलाई हेरिएको छ। क्लबका अध्यक्ष हैदर अलीले महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन स्थानीयवासी, उद्योगी, व्यवसायी, कृषक, कलाकार, युवा तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। उनले स्थानीय कृषि, व्यापार, पर्यटन र संस्कृतिको विकाससँगै क्षेत्रको पहिचान स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
लहान प्रादेशिक अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न : बिरामीले घण्टौँ लाइन बस्दा पनि सहज उपचार पाउन कठिन, सुधारको माग
भोरकटैयामा दुई दिवसीय कार्तिक पूर्णिमा मेला महोत्सव सम्पन्न, कुस्ती दंगल र सामा–चकेवाका सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved