ताजा समाचार

सप्तरी क्षेत्र नं. ४ का चारवटै पालिकामा १ अर्ब १३ करोडभन्दा बढीको बहुवर्षीय विकास योजना सुनिश्चित

  • मंसिर ९, २०८३
  • ३७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर ८ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत रहेका चारवटै स्थानीय तहमा भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ बराबरको बहुवर्षीय विकास बजेट सुनिश्चित भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बहुवर्षीय योजनाअन्तर्गत सुनिश्चित भएको उक्त बजेटमध्ये चालु आर्थिक वर्ष २०८३/०८४ का लागि १५ करोड रुपैयाँ विनियोजन भई आएको छ।

उक्त बजेटलाई प्रभावकारी रूपमा खर्च गर्दै विकास योजनाहरू समयमै कार्यान्वयनमा ल्याउने विषयमा मिति २०८३ साल मंसिर ८ गते खडक नगरपालिकाको सभाहलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सप्तरी क्षेत्र नं. ४ अन्तर्गतका चारवटै पालिकाका प्रमुख तथा अध्यक्षहरू, सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका प्रतिनिधि तथा सम्बन्धित विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा मन्त्रालयबाट सुनिश्चित भएको बहुवर्षीय बजेटलाई योजनाबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, चालु आर्थिक वर्षमा प्राप्त १५ करोड रुपैयाँको समयमै सदुपयोग गर्ने तथा छनोट भएका विकास योजनाहरूलाई प्राथमिकताका आधारमा अगाडि बढाउने विषयमा विशेष छलफल गरिएको थियो।

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकामा आवश्यक रहेका भौतिक पूर्वाधार विकासका योजनाहरूको कार्यान्वयन, बजेट व्यवस्थापन, प्राविधिक प्रक्रिया तथा निर्माण कार्यलाई तीव्रता दिनुपर्ने विषयमा धारणा राखेका थिए। त्यस्तै, सघन सहरी विकास कार्यालय राजविराज तथा विभागका कर्मचारीहरूले योजनाहरूको कार्यान्वयन प्रक्रिया, प्राविधिक पक्ष र बजेट खर्चको प्रभावकारिताबारे आवश्यक सहजीकरण तथा समन्वयका विषयमा छलफल गरेका थिए। बहुवर्षीय योजनाअन्तर्गत सुनिश्चित भएको कुल १ अर्ब १३ करोड ६ लाख रुपैयाँमध्ये चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ प्राप्त भएको र बाँकी बजेट आगामी दुई आर्थिक वर्षभित्र सरकारबाट यस क्षेत्रका लागि उपलब्ध हुने सुनिश्चितता रहेको जानकारी गराइएको छ।

यस बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेमा सप्तरी क्षेत्र नं. ४ का चारवटै पालिकामा सडक, नाला, ढल निकास, सहरी पूर्वाधारलगायत आवश्यक विकास निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय नागरिकले लामो समयदेखि भोग्दै आएका भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। क्षेत्रको समग्र विकासका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबीच आपसी समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण कार्यान्वयन आवश्यक रहेको सहभागीहरूले जोड दिएका थिए। बहुवर्षीय योजनाका लागि ठूलो बजेट सुनिश्चित हुनु सप्तरी क्षेत्र नं. ४ का लागि विकासको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। अब प्राप्त बजेटलाई पारदर्शी, गुणस्तरीय र समयमै खर्च गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास निर्माणका काम अघि बढाउनु मुख्य चुनौती र जिम्मेवारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

चौथो अध्यक्ष कप क्रि ...

ओम प्रकाश यादव लहान मंसिर ६ । नवराजपुर गाउँपालिकामा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्ग ...

नेशनल मेडिकल कलेजको ...

रंजित चौरसिया वीरगंज ६ मंसिर। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा नेशनल ...

अन्तर्राष्ट्रिय बाल ...

सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा खडक नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤