ताजा समाचार

नेशनल मेडिकल कलेजको स्वास्थ्य शिविरबाट ३४६ जनाले पाए सेवा

  • मंसिर ७, २०८३
  • ३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज ६ मंसिर। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, वीरगंज म्याग्नस फार्मा प्रा.लि. र रुगंटा वेलफेयर सोसाइटीको सहकार्यमा वीरगंज महानगरपालिका–२३, प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ शनिबार बिहान ८ बजेदेखि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित शिविरबाट ३४६ जना स्थानीयले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसीको उपस्थिति रहेको थियो। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट तथा मधेस प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष पार्वती आचार्य भट्टलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

त्यसैगरी नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप-अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्रीजंग गण वीरगञ्जका सेनानी प्रभाकर सिलवाल तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीलगायत सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वीरगंज महानगरपालिका–२३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुगंटा तथा ज्ञानदा एकेडेमीका प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।

स्वास्थ्य शिविरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका छवटा विभागका विशेषज्ञ चिकित्सकहरूको टोली परिचालन गरिएको थियो। टोलीमा बालरोग विशेषज्ञ डा. फारुक जकी अन्सारी, नेत्ररोग विशेषज्ञ डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मधु कुमार साह, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमन खत्री, छालारोग विशेषज्ञ डा. निलमणि प्रियदर्शी तथा दन्तरोग विशेषज्ञ डा. सलोनी झा सहभागी थिए।

चिकित्सकहरूको टोलीले शिविरमा आएका सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै सम्बन्धित रोगको पहिचान, विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सुझाव प्रदान गरेको थियो। विभिन्न स्वास्थ्य समस्याबाट पीडित स्थानीय बासिन्दाले गाउँमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउँदा लाभान्वित भएका थिए।

यसैगरी, कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। रक्तदानको महत्वबारे जनचेतना फैलाउने, स्वैच्छिक रक्तदानलाई प्रोत्साहन गर्ने तथा आवश्यक परेको समयमा बिरामीको जीवनरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सफल बनाउन सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू तथा नेशनल मेडिकल कलेजका तर्फबाट प्रमुख सूचना अधिकारी इन्जिनियर प्रदीप कुमार चौधरी र कर्पोरेट प्रमुख तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दासलगायतको सक्रिय समन्वय र सहयोग रहेको थियो।

समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, नागरिकमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित शिविरले स्वास्थ्य संस्था, सुरक्षा निकाय र सामाजिक संघसंस्थाबीचको सहकार्यलाई थप मजबुत बनाएको छ। नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य सेवालाई अस्पतालको चारभित्ताभित्र मात्र सीमित नराखी समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जनस्वास्थ्य तथा सेवामूलक कार्यक्रमहरूमा निरन्तर सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय बाल ...

सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा खडक नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथ ...

बुवालाई आईसीयूमा राख ...

रंजित चौरसिया वीरगंज ५ मंसिर । धनुषा जिल्लाको वटेश्वर गाउँपालिका वडा नं.५ निवासी प्रविन्द कुमार साहक ...

सामाजिक सेवा र विपद् ...

रहमुल, लहान, ४ मंसिर। सिरहाको लहान नगरपालिका–३ स्थित नाइटिङ्गेल स्कुलमा सञ्चालित ५२औँ जुनियर ड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤