ताजा समाचार

बुवालाई आईसीयूमा राखेर उपचार गरिँदै, आक्रमणकारी पक्राउ नपरेको पीडितको गुनासो

  • मंसिर ६, २०८३
  • ३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज ५ मंसिर । धनुषा जिल्लाको वटेश्वर गाउँपालिका वडा नं.५ निवासी प्रविन्द कुमार साहको परिवार माथि आक्रमण गर्नेहरुलाई धनुषा प्रहरीले पक्राउ नगरेको प्रति पिडितले दुःखेसो पोखेका छन् । मिति २०८३÷०७÷२९ गतेका आईतवारका दिन धनुषा जिल्ला वटेश्वर गाउँपालिका वडा नं.५ स्थित कचहरी टोल स्थित धनुष मन्दिर नजिक छठ घाटमा अपराधिक प्रवृतिका केही व्यक्तिहरुले एक आपसमा मिलोमतो गर्दै मादक पदार्थ सेवन गरी प्रविन्द कुमार साहको परिवार माथि ज्यानै जाने गरी आक्रमण गर्दा परिवारका सदस्यहरुलाई घाईते बनाए पनि हालसम्म धनुषा प्रहरीले २ जनालाई मात्र पक्राउ गरी बाँकीलाई उन्मुक्ति दिने प्रपञ्च भईरहेको पिडितहरुले गुनासो गरेका छन् ।

छठ घाटमा छठ मनाई रहेको अवस्थामा धनुषा वटेश्वर गाउँपालिका वडा नं.५ निवासी श्याम सुन्दर महतो, राम मनोज महतो, राम पुकार महतो, अनिल कुमार महतो, सचिन कुमार महतो, रोहित कुमार यादव लगायत ७÷८ जनाको समुहले हातहातमा लाठी, फराठी, काठको चिरपट, बन्चरो, रड, खन्ती लगायतका हात हतियार लिई प्रविन्द कुमार साह भएको ठाउँमा आई अचानक गालीगलौज गर्दै आक्रमण गरेको पिडित प्रविन्द कुमार साहले बताए । 

पुरानो लेनदेनको विषयलाई लिई हामीहरु माथि सांघातिक आक्रमण भएको बताउदै प्रविन्द कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । विपक्षी राम मनोज महतोले हातमा बोकेको लाठीले प्रविन्द कुमार साहको दाई अरविन्द कुमार साहको टाउकोमा हिर्काउँदा दाईको टाउकोबाट रगत बगी दाई भुईमा लड्दा म जाहेरबाला तथा मेरो वुवा सत्यनारायण साह बचाउन जाँदा विपक्षी श्याम सुन्दर महतोले हातमा बोकेको काठको चिरपटले मेरो टाउकोमा हिर्काउन खोज्दा सो चोट म जाहेरबालाले छल्न खोज्दा उक्त काठको चिरपट मेरो पिठ्यूमा लाग्न गई म छटपटाई रहेको अवस्थामा राम मनोज महतोले हातमा बोकेको बत्त्वरोले ज्यान मार्ने उद्देश्यले मेरो वुवा सत्यनारायण साहको टाउकोमा हिर्काउँदा बुवा बेहोस भई भुईमा ढले पछि अनिल कुमार महतो, सचिन कुमार महतो, रोहित कुमार महतो लगायत निजहरु संग अन्य ७÷८ जना मानिसहरुले म जाहेरबाला, मेरो दाई अरविन्द कुमार साह तथा मेरो बुवालाई हिर्काई राख्दा हामीहरुले बचाउ बचाउ भनी गुहार मागी राख्दा नजिकै रहेकी म जाहेरबालाको आमां संजोगीया देवी साह, सोनु कुमारी साह आउँदा उनीहरु माथि पनि आक्रमण गरी भागेको प्रविन्द कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीमा उल्लेख रहेको छ ।

घटनामा ७÷८ जना संलग्न भए पनि धनुषा प्रहरीले २ जनालाई मात्र पक्राउ गरी बाँकीलाई पिडकहरु सँग साँठगाँठ गरी उन्मुक्ति दिने योजना बनाएको पिडित प्रविन्दले आरोप लगाए । आक्रमणका क्रममा पिडकहरुले आमा संजोगिया देवीले गालामा लगाएको ४ आनाको सुनको मंगलसूत्र, कानमा लागाउने १ तोलाको सुनको झुम्का तथा ८–८ आनाको सुनको टिका, नथिया गरी जम्मा आमाको गर–गहना २ तोला ४ आनाको सुनको गर–गहना राम पुकार महतोले लुटी लगेको तथा भाउजु सोनु कुमारी साहले गलामा लगाएको अढाई तोलाको सुनको हार, १ तोलाको कानमा लगाउने झुम्का विपक्षी अनिल कुमार महतोले लुटी लगेको तथा भाउजुको १+ मोबाइल समेत विपक्षी अनिल कुमार महतोले लुटी लगे पछि विपक्षी रोहित कुमार यादवले दाई अरविन्द कुमार साहको गोजीमा रहेको नगद रु. चालिस हजार लुटी लगेको जाहेरीमा उल्लेख रहेको छ । 

आक्रमणबाट गम्भिर रुपमा घाईते वुवा सत्यनारायण साह दाई अरविन्द कुमार साह आमा, भाउजु लगायतका घाइतेहरुलाई एम्बुलेन्समा राखी प्रादेशिक अस्पताल जनकपुरमा करिब ९ः०० बजेको समयमा इमरजेन्सीमा राखी उपचार गराई राख्दा त्यहा उपचार सम्भव नभए पछि बुवा तथा दाईलाई राम जानकी अस्पतालमा भर्ना गराई उपचार गराई राखेका छौं । बुवा सत्यनारायण साहको स्वास्थ्य अवस्था नाजुक भएको कारण वहाँलाई आई.सी.यू.मा राखी उपचार भै रहेको छ, बुवा मर्ने बाँच्ने दोसाधमा रहेको अवस्थामा अत्यन्तै अन्यायमा परेकोले न्यायको लागी सञ्चारकर्मीहरु समक्ष गुहार लगाई रहेको पिडित प्रविन्द कुमार साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवा र विपद् ...

रहमुल, लहान, ४ मंसिर। सिरहाको लहान नगरपालिका–३ स्थित नाइटिङ्गेल स्कुलमा सञ्चालित ५२औँ जुनियर ड ...

न्यूरो अस्पतालमा उपच ...

ओम प्रकाश यादव लहान, ३ मंसिर । सप्तरीको खडक नगरपालिकाका बासिन्दाले विराटनगरस्थित न्यूरो कार्डियो एण् ...

सुरक्षित शौचालय, समा ...

ओम प्रकाश यादव लहान मंसिर ३। सुरक्षित शौचालय, समान भविष्य : लहानमा पाँचदिने स्वच्छता तथा जनचेतनामूलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤