Siraha Times
ताजा समाचार

९० बर्षीया वायोवृद्धसहित दर्जनौ रक्तामय, मिर्चैया प्रहरीको नजरमा समान्य घटना

  • कार्तिक २, २०७५
  • २८२७२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २ कात्तिक । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुरमा कात्तिक १ गते साँझ ७ बजेतीर हरेराम यादवसहित उनका घरपरिवारमाथी वडाध्यक्षको समूहले हमला गरेको छ । हरेराम यादवले दशैंको खसी काटेको भोज गर्र्दै गरेको अवस्थामा वडाध्यक्ष हरि कुसियतका समूहले गालीगलौज गर्दै कुखुरी, रड, बाँसको लठीले प्रहार गरी हरेरामका घरपरिवारका सदस्यहरुमाथी प्रहार गरेको छ ।

कुखुरी प्रहारबाट हरेराम यादवका घरपरिवारका सदस्यहरुको टाउको र पिठ्युमा चोट लागेको छ भने अधिकांशको टाउको फुटेको छ । घाईते हुने हरेराम यादव, योगेन्द्र कुसियत, गैनाई कुसियत, ९० बर्षीया सिँगेश्वरी देवी, तिर्थलाल यादव, विन्दादेवी, लाल, राजकुमारी यादवलगायतका छन् । उनीहरु रक्तामय भएर उपचारको लागि मिर्चैयाको मंगलम अस्पतालमा भर्नामा रहेको जानकारीमा आएको छ ।

एक सयको समूहमा आएका वडाध्यक्षपक्षले हरेराम यादवपक्षलाई मरनाशन कुटपिट गरेको छ । स्थानीय निर्वाचनमा हरेराम थोरै मतले वडाध्यक्षमा पराजय भएपछि उनले विकास निर्माणको लागि पटक पटक आवाज उठाउँदै आएपछि वडाध्यक्ष हरि कुसियतले आफ्ना प्रतिपक्षले समस्या गर्दै आएको भन्दै पटक पटक विवाद हुँदै आएको छ । वडाध्यक्ष हरि कुसियत माओवादीबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन् भने हरेराम यादव संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका थिए । घटनावारे ईलाका प्रहरी कार्यालय मिर्चैया प्रहरीको मोबाईल नम्बर ९८५२८३४३४२ मा सम्पर्क गर्दा समान्य ,खासै त्यस्तो छैन, पाँच जना मात्रै घाईते भएको हो । अरु विस्तृतको लागि मोवाइल नम्बर ९८५२८९००४२ मा सम्पर्क गर्नु होला । त्यस मोवाईलमा सम्पर्क गर्दा यो घटनावारे समाचारको लागि दिन नमिल्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले यसअघि यस्तै घटनामा आफ्नापक्षलाई बचाउको लागि मिर्चैया प्रहरीका डिएसपी नै फेरिदिएका थिए । फेरिएपछि दिपेन्द्र साह ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी भएर आएका छन् । मन्त्री मातृका यादवको फोर्समा आएको डिएसपी साहले यो घटनाका दोषीलाई कारवाही नगर्ने र समाचार लुकाउँन खोजेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१