ताजा समाचार

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा खडक नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • मंसिर ७, २०८३
  • ३४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा खडक नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा मञ्च कार्यक्रम सम्पन्न भएको छ। नगर बाल क्लब सञ्जाल खडक नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न वडा बाल क्लब सञ्जालका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो।

कार्यक्रमको अध्यक्षता नगर बाल क्लब सञ्जाल खडक नगरपालिकाका अध्यक्ष शिवशंकर मण्डलले गर्नुभएको थियो। कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नगर उपप्रमुख रिता कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा शाखा अधिकृत सुशीला चौधरी, प्रशासन अधिकृत रायामाकान्त चौधरी, अशोक कु साह, हिमप्रसाद तिमिल्सिना, रकिराज चौधरी तथा बाल कल्याण अधिकारी अनिता कुमारी साहलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा सहभागी वडा बाल क्लब सञ्जालका बालबालिकाहरूले बाल अधिकार, बाल संरक्षण, शिक्षा, बालविवाह, बालश्रम तथा समसामयिक विषयमा आफ्नो ज्ञान, क्षमता र प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको नतिजाअनुसार खडक नगरपालिका वडा नं. १० को जुनेली वडा बाल क्लब सञ्जाल प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी वडा नं. १ को उन्नति वडा बाल क्लब सञ्जाल द्वितीय, वडा नं. ४ को जनचेतना वडा बाल क्लब सञ्जाल तृतीय र वडा नं. ७ को कल्याण वडा बाल क्लब सञ्जाल ले सान्त्वना स्थान हासिल गरेका छन्।

कार्यक्रमले बालबालिकाको नेतृत्व क्षमता, तार्किक सोच, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नुका साथै बाल अधिकारका विषयमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रमका अध्यक्ष शिवशंकर मण्डलले बालबालिकाको क्षमता विकास, नेतृत्व निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिका, अतिथिहरू तथा सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजको ...

रंजित चौरसिया वीरगंज ६ मंसिर। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा नेशनल ...

बुवालाई आईसीयूमा राख ...

रंजित चौरसिया वीरगंज ५ मंसिर । धनुषा जिल्लाको वटेश्वर गाउँपालिका वडा नं.५ निवासी प्रविन्द कुमार साहक ...

सामाजिक सेवा र विपद् ...

रहमुल, लहान, ४ मंसिर। सिरहाको लहान नगरपालिका–३ स्थित नाइटिङ्गेल स्कुलमा सञ्चालित ५२औँ जुनियर ड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤