ताजा समाचार

वर्षौंदेखिको मोबाइल नेटवर्क समस्याको समाधानका लागि उमेश चौधरीको पहल, एनटीसी टावर निर्माण प्रक्रिया अघि बढ्यो

  • मंसिर १२, २०८३
  • ३६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, मंसिर ११ । सिरहा जिल्लाको लहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्रका रूपमा परिचित वेतहामा मोबाइल नेटवर्कको समस्या समाधान गर्न स्थानीय समाजसेवी तथा लहानका चर्चित व्यक्तित्व उमेश चौधरीले महत्वपूर्ण पहल गर्नुभएको छ । वेतहामा नेपाल टेलिकम (एनटीसी) को मोबाइल टावर निर्माणका लागि उहाँले सम्बन्धित निकायमा औपचारिक रूपमा निवेदन दर्ता गराउँदै कानुनी प्रक्रिया अघि बढाउनुभएको हो ।

वर्षौंदेखि मोबाइल नेटवर्कको समस्याबाट पीडित धनेशटार, गाउजे, कालीखोला, विचारी दहलगायतका गाउँ तथा बस्तीका स्थानीयवासीले अब सञ्चार सुविधाबाट सहज रूपमा जोडिने आशा गरेका छन् । नेटवर्क नहुँदा फोन गर्न र आवश्यक सूचना आदानप्रदान गर्नसमेत डाँडाकाँडा चढेर सिग्नल खोज्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन् । एनटीसी टावर निर्माणको पहलले मूर्तरूप पाएमा उक्त क्षेत्रका नागरिकलाई सञ्चार सेवामा सहज पहुँच पुग्नुका साथै शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यापार तथा दैनिक जनजीवनमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । दुर्गम बस्तीका नागरिकको वर्षौंदेखिको समस्या समाधानका लागि चौधरीले थालेको यस पहललाई स्थानीयस्तरमा सकारात्मक प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–जंगलसैया सडक ...

रामअधार यादव, रौतहट, मंसिर १० गते । रौतहटको कटहरियादेखि जंगलसैयासम्म निर्माण भइरहेको सडकखण्डमा ग्रेभ ...

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤