ताजा समाचार

गोलबजारमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ, डिजिटल हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

  • मंसिर १०, २०८३
  • ३३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने मूल नाराका साथ ३५ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०२६ सिरहाको गोलबजार नगरपालिकामा शुभारम्भ गरिएको छ। गोलबजार नगरपालिकाको आयोजना तथा विभिन्न स्थानीय सङ्घसंस्था र इलाका प्रहरी कार्यालय गोलबजारको सहकार्यमा नगर उपप्रमुख श्री मान्ती साहको अध्यक्षता एवं नेतृत्वमा शुभारम्भ र्‍याली, कोणसभा तथा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरी अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

गोलबजार नगरपालिका कार्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली विभिन्न जनचेतनामूलक नारा तथा प्लेकार्डसहित गोलबजार बजार परिक्रमा गर्दै गुदरी बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा, कार्यसमिति सदस्यहरू तथा कर्मचारीहरू, दलित महिला विकास केन्द्रका कार्यक्रम संयोजक आनन्द पाख्रिन, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहा, समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतो, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, सहारा नेपाल, दलान युवा क्लब तथा इलाका प्रहरी कार्यालय गोलबजारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी बाल क्लब, किशोरी समूह, युवा समूह, महिला समूह, सामुदायिक सहयोग समूहका सदस्यहरू तथा स्थानीय समुदायका नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। डिजिटल हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन अभियानको शुभारम्भका अवसरमा मुक्ति नेपालका शान्ति स्वयंसेवकहरूद्वारा डिजिटल सुरक्षा तथा डिजिटल हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो। नाटकमार्फत प्रविधि तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन दुर्व्यवहार, डिजिटल हिंसा रोकथाम तथा महिला र किशोरीहरूको सुरक्षासम्बन्धी सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाको अन्त्य, हिंसापीडित तथा प्रभावित व्यक्तिहरूको संरक्षण, न्यायमा सहज पहुँच, दण्डहीनताको अन्त्य तथा हिंसामुक्त समाज निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य राखेको थियो। धनगढीमाई नगरपालिकामा पनि १६ दिने अभियान शुभारम्भ यसै अवसरमा सिरहाको धनगढीमाई नगरपालिकामा पनि विभिन्न सङ्घसंस्था तथा सरोकारवालाहरूको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ।

प्रत्येक वर्ष नोभेम्बर २५ तारिखमा पर्ने महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसदेखि डिसेम्बर १० तारिखमा पर्ने अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। गोलबजारमा आयोजित शुभारम्भ कार्यक्रम विभिन्न सरोकारवाला निकाय तथा समुदायको उत्साहपूर्ण सहभागितामा भव्य, सभ्य एवं सन्देशमूलक रूपमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

समाचकेवा महोत्सव २०८ ...

प्रमोद थारु ९ मंसिर सप्तरी। थारु महिला समाज नेपाल उपत्यका समितिको आयोजनामा समाचकेवा महोत्सव २०८३ सप् ...

सप्तरी क्षेत्र नं. ४ ...

ओम प्रकाश यादव लहान मंसिर ८ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत रहेका चारवटै स्थानीय तहमा भौतिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤