ताजा समाचार

कटहरिया–जंगलसैया सडकमा धुलोको कहर, बेस राख्न र नियमित पानी छर्कन स्थानीयको माग

  • मंसिर ११, २०८३
  • ८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, मंसिर १० गते । रौतहटको कटहरियादेखि जंगलसैयासम्म निर्माण भइरहेको सडकखण्डमा ग्रेभल तथा नाला निर्माणको काम सम्पन्न भए पनि सडकमा बेस नराख्दा स्थानीयवासी धुलोको समस्याबाट प्रभावित भएका छन्। कटहरिया र बडेडवाबीचको सडकमा ग्रेभल राखिएको तथा बडेडवा गाउँमा नाला निर्माणको काम सम्पन्न गरिएको भए पनि सडकमा बेस नबिछ्याउँदा सवारीसाधन आवतजावत गर्दा अत्यधिक धुलो उड्ने गरेको स्थानीयको भनाइ छ। सडकमा उड्ने धुलोका कारण मोटरसाइकल चालक, साइकल यात्री तथा पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ। धुलोले स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

कटहरिया नगरपालिका–१ झौवा निवासी समाजसेवी जय राम यादवले सडकमा उड्ने धुलोका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो गर्नुभएको छ। उहाँका अनुसार सडकमा बेस राखेर निर्माण कार्यलाई समयमै अगाडि बढाउनुपर्ने भए पनि सम्बन्धित निकायले यसप्रति पर्याप्त चासो देखाएको छैन। यादवले सडक निर्माण कार्य सम्पन्न नहुँदासम्म धुलो नियन्त्रणका लागि समय–समयमा पानी छर्कने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ। उहाँले सडकमा नियमित पानी छर्किए धुलोको समस्या केही हदसम्म कम हुने र मोटरसाइकल चालक, साइकल यात्री तथा पैदलयात्रीलाई आवतजावतमा सहज हुने बताउनुभयो। उक्त सडकखण्डको निर्माण कार्य मुना कन्ट्रक्सन ठेकेदार कम्पनीमार्फत भइरहेको छ।

निर्माण कार्यमा देखिएको ढिलाइ तथा सडकको अवस्थाबारे ठेकेदार कम्पनीसँग प्रतिक्रिया लिन खोज्दा कम्पनीले चासो नदेखाएको स्थानीयको गुनासो छ। त्यस्तै, सडक निर्माणको अनुगमन तथा कार्यान्वयनको जिम्मेवारी रहेको पूर्वाधार विकास कार्यालय गौरले समेत यस विषयमा पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ। निर्माण कार्य भइरहेको सडकको नियमित अनुगमन गरी गुणस्तरीय काम गराउनुपर्ने भए पनि सम्बन्धित कार्यालयका प्रतिनिधि एक पटक पनि अनुगमनमा नआएको स्थानीयले गुनासो गरेका छन्। यस क्षेत्र नं. ३ का पूर्व अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) को पहलमा उक्त सडक निर्माण कार्य भइरहेको बताइएको छ।

तर निर्माण कार्यको अवस्था, गुणस्तर र स्थानीयले भोगिरहेको समस्याबारे सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ। स्थानीयवासीले सडकमा तत्काल बेस राख्ने, निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने तथा काम सम्पन्न नहुँदासम्म समय–समयमा पानी छर्केर धुलो नियन्त्रण गर्ने माग गरेका छन्। साथै, पूर्वाधार विकास कार्यालय गौर र ठेकेदार कम्पनीले सडक निर्माणको काममा गम्भीरता देखाउँदै सर्वसाधारणलाई धुलोबाट राहत दिनुपर्ने उनीहरूको आग्रह छ। सडक निर्माण विकासका लागि महत्वपूर्ण भए पनि निर्माणकै क्रममा स्थानीयको स्वास्थ्य र दैनिक आवागमनमा समस्या उत्पन्न हुनु दुःखद रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤