रहामुल लहान ८मंसिर । सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया टोल सुधार समितिले टोलका विद्यार्थी र युवाहरूको शैक्षिक तथा वैचारिक क्षमताको विकासका लागि हरेक शनिबार विशेष गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ। समितिले यस कार्यक्रमलाई टोलको समग्र शैक्षिक उत्कृष्टता तथा युवामैत्री वातावरण निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
समितिको निर्णयअनुसार अबदेखि हरेक शनिबार बिहान ७ बजे टोलस्थित पुस्तकालय भवनको दोस्रो तल्लामा विद्यार्थीहरूको ज्ञान, लेखन कौशल र वक्तृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यमुखी सत्रहरू सञ्चालन गरिनेछ। समितिका पदाधिकारीहरूका अनुसार यो पहलले युवाहरूलाई अध्ययन–अनुशासनतर्फ प्रेरित गर्नुका साथै लागू औषध दुर्व्यसनजस्ता सामाजिक विकृतिबाट जोगिन सहयोग गर्ने विश्वास लिइएको छ।
“हामी युवाहरूको सक्रिय सहभागितालाई टोलको उज्ज्वल भविष्यको आधार मान्छौँ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आफ्नो क्षमता देखाउन र सिकाइलाई मजबुत बनाउन इच्छुक सबै युवाहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछौँ।” पडरिया टोल सुधार समितिले यो अभियानलाई दीर्घकालीन बनाउँदै आगामी दिनमा थप सिर्जनात्मक तथा शैक्षिक गतिविधि थप्ने तयारीसमेत गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
जिल्ला टेन्ट साउण्ड व्यवसाय संघ सिरहाको प्रथम अधिवेशन सम्पन्न, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन एकतामा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic