Siraha Times
ताजा समाचार

विवाह पञ्चमीको अवसरमा इटहर्बामा परम्परागत बैलगाडा दौड प्रतियोगिता २०८२ सम्पन्न

  • मंसिर १०, २०८२
  • ८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,सखुवा १० मंसिर । विवाह पञ्चमीको अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ इटहर्वा बलान नदीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्साहपूर्वक परम्परागत बैलगाडा दौड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। सिरहा र सप्तरीका दर्जनौँ प्रतिस्पर्धीले आफ्ना गोरु–बैलगाडी सहित सहभागिता जनाएका थिए। नेपाली कांग्रेस नेता सूर्य नारायण यादवको प्रमुख आतिथ्य , बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको विशिष्ट आतिथ्यमा र स्थानीय राजेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतियोगितामा सप्तरी बलान बिगुल गा.पा.४ बेलहीका विजय यादव प्रथम, दिघियाका राम नारायण यादव द्वितीय र बोदेबर्साइन न.पा. डेबहारीका महेन्द्र यादव तृतीय भएका छन। विजेताहरूलाई चाँदी, बाल्टी, खली, घुँघरू र गम्छासहितका पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। यो बिबाह पंचमी मेलाको शुरुवात स्थानीय मधु रामले स्थानीयको भनाई अनुसार २०२७ साल देखि भएको हो। राम मेला शुरुवात गरी धेरै दिन सम्म आफ्नै बलमा आयोजना गरिरहेको निजको छोरा राजेन्द्र रामले जनाएका छन। मधु रामको स्वर्वास भए पछि निजको छोरा राजेन्द्र समुदायको सहयोगमा यसलाई निरन्तरता दिई रहे पछि यसलाई बिस्तार स्वरूप मेलाकै अवसरमा बैलगाडा प्रतियोगीताको पनि शुरुवात भयो जुन अहिले निकै लोकप्रिय बन्दै गइरहेको छ।

यस रामजानकी बिबाह पंचमी मेलामा सप्तरीको मलहनियालाई अयोध्या मानी राम लक्ष्मण ऋषी मुनी र रावण सहित जन्ती सिरहाको सखुवानन्कारकट्टी गा.पा.५ इटहर्वालाई जनकपुर मानी आउने गर्छ। यस मेलामा धनुष यज्ञ लक्षमण र परशुराम संवाद तथा रामसिताको बिबाह पछि सम्पन्न हुन्छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेता सुर्यनारायण यादवले यस मेलाको जन्मदाता मधु रामको शालिक स्थापना तथा यसलाई पर्यटक नगरीको रुपमा विस्तार गर्न र मेला कम्तीमा तीन दिवसीयको रुपमा विस्तार गर्न सुझाएका थिए। हुन् त स्थानीय सरकारले मेला क्षेत्र भित्र धेरै भौतिक संरचना त निर्माण कार्य अगाडी बढाइ सकेका छन तर हाल सम्म पूर्ण हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१