Siraha Times
ताजा समाचार

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कृष्णानगरमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन

  • मंसिर १०, २०८२
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । "प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल , आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । 

कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी पार्वती शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताउनु भयो । 

आफन्त नेपालका प्रदेश प्रमुख केशर विश्वकर्मा, पीआरसी का जिल्ला संयोजक दिनेश तिमिल्सिना, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरी, ट्राफिक प्रहरी कार्यालय कृष्णानगरका प्रमुख प्रहरी वरिष्ठ नायब उपरीक्षक लिला कुवर, कविराज नागेश्वर मिश्र लगायत पत्रकार, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी हरूको उपस्थित रहेको थियोl कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

घर–घरको शान, स्वच्छत ...

लहान असार ०२ । शनिबार बिहान लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिर परिसरमा सामान्य दिनभन्दा फ ...

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१