ताजा समाचार

कृष्णनगर ११ झिंगहा अटाे रिक्शा-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • मंसिर १३, २०८२
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिंगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक रिपेंन्द्र कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार चमार सवार लु ४२ प ४३५० नम्बरको मोटरसाइकल कृष्णनगरतर्फ जाँदै गर्दा बाटोमा अनटेस्ट अटाे रिक्शाकाे ठक्करबाट गम्भीर घाइते भएका थिए । घाइते चमारको उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाएको थियोे । घाइतेको अवस्था गम्भीर देखिएपछि त्यहाँ प्रारम्भिक उपचारपछि बुटवल रिफर गरि पठाएकाेमा उनको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।

दुर्घटनामा संलग्न रिक्शा चालक कृष्णनगर नगरपालिका-६ ठूलो बुटहनिया निवासी हविबुल्ला मुसलमानको हात भाँचिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराउँदै गरेको बताइएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤