श्री जनता राष्ट्रिय आधारभूत विद्यालय कल्याणपुर सप्तरीमा तेस्रो हरित विद्यालय घोषणा

  • मंसिर ९, २०८२
  • २४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर ९। खडक नगरपालिका ०७, कल्याणपुरस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा “जङ फुड मुक्त, प्लास्टिक जन्य फोहोरमुक्त, सुरक्षित, सफा तथा हरित विद्यालय निर्माण गरौँ” भन्ने उद्देश्यसहित तेस्रो हरित विद्यालय घोषणा समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमना खातुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खडक नगरपालिकाका नगरप्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिमा उप–प्रमुख रिता कुमारी चौधरीको उपस्थिति रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डल, वडा नं. ७ का वडाध्यक्ष राकेश कुमार साह, वडा–६ का वडाध्यक्ष मो. कमल राइन, प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, शिक्षा तथा खेलकुद शाखा प्रमुख बिरेन्द्र कुमार यादव, वडा सदस्यहरू गुलाब हुसैन खान, राम कुमारी राम, सुर्यमान तामाङ र ललिता तामाङ लगायतको उपस्थिति उल्लेख्य थियो।

त्यसैगरी भिरसरा जनता माध्यमिक विद्यालयका प्र.अ. राम बाबू यादव, फुलवरियाका प्र.अ. प्रमोद कुमार यादव, भैरोगंज माध्यमिक विद्यालय बेल्हाका प्र.अ. श्याम लाल चौधरी, लालपट्टी माध्यमिक विद्यालयका प्र.अ. राजेश कुमार पण्डित, रञ्जितपुर माध्यमिक विद्यालयका प्र.अ. किशोर कुमार साह, नगर शिक्षा समिति सदस्यहरू, जनहित पवनलाल आधारभूत विद्यालय बनरझुल्लाका प्र.अ. देव नारायण मण्डल, उद्घोषक तेजबहादुर विश्वकर्मा, आ.वि. दुहबीका प्र.अ. हिरा लाल साह, आ.वि. मेघवारीका प्र.अ. अशोक कुमार रका, आ.वि. भदियाका निमित्त प्र.अ. राधा गुप्ता, आ.वि. अमरज्योति बनौलीका प्र.अ. राम चन्द्र साह, आ.वि. कन्चिराका प्र.अ. रामेश्वर चौधरी, आ.वि. मुसहर्नियाका प्र.अ. लक्ष्मी चौधरी, आ.वि. बजराही गुठिका प्र.अ. भुवनेश्वर चौधरी लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम सेभ द चिल्ड्रेन, सबल नेपाल र खडक नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको सहयोग र विद्यालयको आयोजनामा सम्पन्न भएको हो। समारोहलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ खडकका अध्यक्ष दिनेश कुमार मण्डलले विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद विश्वकर्माप्रतिको प्रशंसा व्यक्त गर्दै, “यदि कुनै विद्यालयमा प्रधानाध्यापक अबेरसम्म विद्यालयकै हितका लागि सक्रिय देखिन्छन् भने ती विश्वकर्मा सर हुन्” भन्दै प्रशंसाको वर्षा गरे।

विद्यालयका प्रधानाध्यापक विश्वकर्माले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्या ४५० पुगेको जानकारी दिए। उनले सबल नेपालले प्रदान गरेको भवन, पेन्टिङ तथा चप्पाकल निर्माणसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरे।

तेस्रो हरित विद्यालय घोषणा समारोहका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले हरित विद्यालय घोषणा गरेर मात्र काम पूरा नहुने उल्लेख गर्दै यसको सफल कार्यान्वयन विद्यालय समुदायकै सक्रियता र निरन्तरतामा निर्भर रहने बताए। उनले विद्यालयलाई सफा, स्वस्थ र शिक्षा अनुकूल वातावरण बनाउन सबै पक्ष जुट्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख जय प्रकाश चौधरीले समारोहको ब्यानर पढेर औपचारिक रूपमा उद्घाटन गरे। उद्घोषक तेज बहादुर विश्वकर्माको मधुर आवाज र सान्दर्भिक प्रस्तुतीकरणले सभामा उपस्थित अतिथिहरूको मन आकर्षित गरेको थियो।

उक्त कार्यक्रममा सहभागी सबै वक्ताहरूले विद्यालयले थालेको हरित अभियानको उच्च प्रशंसा गर्दै यसलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे। समारोह विविध कार्यक्रम र औपचारिक घोषणासहित सम्पन्न भएको विद्यालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

शिक्षामासुधार पडरिया ...

रहामुल लहान ८मंसिर । सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया टोल सुधार समितिले टोलका विद्यार्थी र युव ...

विश्व शौचालय दिवस २० ...

ओम प्रकाश यादव लहान, मंसिर ८ । विश्व शौचालय दिवस २०२५ को अवसरमा लहान नगरपालिका २४, मलहनमा अवस्थित श् ...

लहानमा १,०१५ किलो गा ...

ओम प्रकाश यादव लहान मंसिर ७ । सिरहाको लहानमा प्रहरीले एक हजार पन्ध्र किलो (१,०१५.३०० केजी) गाँजा जस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१