पर्सामा कानु युथ समाज गठन

  • मंसिर १३, २०८२
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १३ मंसिर। वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज आयोजित कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा मनोज कुमार साह चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अञ्जन गुप्ता, सचिवमा पत्रकार श्रवण प्रसाद साह, सहसचिवमा शम्भु प्रसाद गुप्ता र कोषाध्यक्षमा विमला कुमारी गुप्ता चयन भएका छन् । समितिका सदस्यहरूमा अनिल कुमार साह, अमर कुमार गुप्ता, दयानन्द प्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन् ।

युवा बैंकर सन्तोष कुमार साहको सभापतित्वमा सम्पन्न बैठकमा अधिवक्ता आत्माराम गुप्ता, सन्तोषकुमार कानु, अर्जुन गुप्तालगायतको उल्लेख्य सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष मनोज कुमार साहले कानु युवाहरूको एकता, शिक्षामा पहुँच, रोजगारी सिर्जना र सामाजिक सेवालाई प्राथमिकता दिएर अघि बढ्ने बताए । “हामी कानु समुदायका युवाहरूको साझा मञ्च बनाउन चाहन्छौँ । शिक्षा, सीप र अवसरबाट कोही पनि पछाडि नपरोस् भन्ने हाम्रो लक्ष्य हो । समाज दर्तापछि ठोस कार्यक्रमहरू लिएर अघि बढ्छौँ,” अध्यक्ष मनोज भने ।

बैठकको सभापतित्व गरेका युवा बैंकर सन्तोष कुमार साहले कानु युवाहरूमा देखिएको जाँगर र उत्साह प्रशंसनीय रहेको बताए । “आजको यो सुरुआतले हाम्रो समुदायका युवाहरू सङ्गठित भएर सामाजिक र आर्थिक रूपान्तरणमा योगदान दिन सक्छन् भन्ने सन्देश गएको छ । म सबैलाई बधाई तथा शुभकामना दिन्छु,” सन्तोषले भने । बैठकले समाजलाई छिट्टै कानुनी रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । कानु यूथ समाजले निकट भविष्यमै वृहत् भेला तथा परिचयात्मक कार्यक्रम गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१