बलान विहुलमा पूर्व अध्यक्ष स्व. छत्रनारायण यादवको शालिक अनावरण तथा गापाको दोस्रो भवन उद्घाटन

  • मंसिर ११, २०८२
  • ४३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास समितिका पूर्व अध्यक्ष (मुखिया) छत्रनारायण यादवको शालिक अनावरण तथा गाउँपालिकाको दोस्रो भवन उद्घाटन सम्पन्न भएको छ। उद्दघोषक नसीम राईनले गरेको कार्यक्रमको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै पूर्व सिचाइ मन्त्री उमेश यादव, डा. बबी सिंह यादव, गाउँपालिका उपाध्यक्ष रेनु यादव तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख वृद्विलाल यादव विशिष्ट अतिथिका रूपमा सहभागी भए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरू, गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो। स्वागत मन्तव्यका क्रममा दिगम्बर यादवले पूर्व अध्यक्ष छत्रनारायण यादव समुदायका लागि समर्पित, सरल र सेवामुखी नेतृत्व भएको स्मरण गरे। उनले मुखिया यादवले नेतृत्व गरेका विकास गतिविधिहरू आज पनि गाउँलेहरूले गर्वका साथ सम्झिने गरेको बताए।

लोसपा बलान विहुलका दुःखी यादवले यस क्षेत्रले एक असल अभिभावक गुमाएको भन्दै मुखिया यादवको समाज सेवाप्रति देखाएको समर्पण अमूल्य रहेको टिप्पणी गरे। स्थानीय नेता देबु चौधरीले उनी कार्यकालमा नाताबाद–कृपाप्रथाको अन्त्य गर्दै सुशासनको आधार स्थापित गरेको उल्लेख गर्दै वर्तमान जनप्रतिनिधिहरूले पनि त्यसबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका प्रमुख खेमचन्द्र यादवले स्व. छत्रनारायण यादवलाई सरल, संयमी र मूल्य–मान्यतामा अडिग व्यक्तित्वका रूपमा चित्रित गरे। उनी भन्छन्, “मुखिया जीले कहिल्यै आफ्ना परिवारका लागि सिफारिस गरेनन्। गरिब, दलित, निसहाय र पछाडि परेका समुदायका हकहितमा जीवनभर आवाज उठाउनु नै उहाँको परिचय हो।”

मुखिया यादवकै पहल र संघर्षका कारण सरस्वती बजारको निर्माण, स्थानीय सरकारको संरचना तथा अन्य महत्वपूर्ण पूर्वाधार निर्माण सम्भव भएको भन्दै अध्यक्ष यादवले आफ्नो राजनीतिक यात्रामा उहाँले दिएको मार्गदर्शन र आशर्वादकै कारण आज आफू पालिका प्रमुखसम्म आइपुगेको बताए। कार्यक्रमको अन्त्यमा उपस्थित अतिथि तथा स्थानीयवासीहरूले पूर्व अध्यक्ष छत्रनारायण यादवको व्यक्तित्व, योगदान र सेवाभावलाई उच्च सम्मान व्यक्त गर्दै शालिक अनावरणलाई गाउँको विकास यात्रामा ऐतिहासिक दिनका रूपमा व्याख्या गरे।

गाउँपालिकामा सम्पन्न भएको समारोहले स्व. मुखिया यादवको सम्झना मात्र गराएन, स्थानीय नेतृत्व र भावी पुस्ताका लागि उनीबाट सिक्नुपर्ने सुशासन, पारदर्शिता र सेवाभावका मूल्यमान्यतालाई पनि बलियो बनाएको सहभागीहरूको टिप्पणी थियो।

 

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१