Siraha Times
ताजा समाचार

धनगढीमाई–१२ को मुसहर बस्तीमा बौकी लाटीको करुण गाथा : खुला आकाशमुनि ८ वर्षे छोरासहित जीविका चलाउन बाध्य

  • मंसिर १०, २०८२
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर १० । धनगढीमाई नगरपालिका–१२ सिमलटोकी स्थित दलित मुसहर बस्तीमा बसोबास गर्दै आएकी ‘बौकी लाटी’ (नाम गोप्य) को जीवन आजसम्म पनि राज्यको दृष्टिमा अदृश्य जस्तै छ । बोल्ने क्षमता नभएकी, अपाङ्गता बोकेकी, करिब ८ वर्षका एकमात्र छोरासहित एक्लै संघर्ष गर्दै आएकी उनी आज मानवतामै प्रश्न उठाउने गरी दयनीय अवस्थाबाट गुज्रिरहेकी छन् ।

पति मृत्युु भइसकेपछि छोराको जिम्मेवारी र आफ्नै शारीरिक अपाङ्गता बीच छटपटाइरहेकी बौकी लाटीको दैनिकी छिमेकीका घर–घरमा भिक्षा मागेर गुजारिन्छ। तर मंसिर–पुषको कठ्यांग्रिने चिसो मौसममा न बस्ने घर, न ओढ्ने कपडा, न ओछ्यान — खुला आकाशमुनि बालकलाई काखमा च्यापेर सुत्नुपर्ने बाध्यताले उनको दुःख झन् क्रुर बनेको छ।

सबैभन्दा चासोको कुरा—उनको नागरिकता अहिले सम्म बनेको छैन। नागरिकता नहुँदा नेपाल सरकारले प्रदान गर्ने अपाङ्गता तथा एकल महिला लक्षित निर्वाह भत्ता समेत पाउन सकेकी छैनन्। अधिकारकर्मी, जनप्रतिनिधि वा दलित अभियन्ता कसैकै पनि ध्यान नपुगेको यस तथ्यले स्थानीय शासन र सामाजिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।

बस्तीका स्थानीयका अनुसार यो समस्याबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि ठोस पहल नदेखिएको गुनासो छ। नागरिकता बनेको भए कमसेकम बौकी लाटीसहित बालकको जीवनयापन केही सहज बन्थ्यो भन्ने स्थानीयको बुझाइ छ।

यसैबीच, बौकी लाटीका लागि घर निर्माण अभियान सुरु गरिएको छ। समाजसेवी तथा स्थानीय युवाहरूले सहयोग संकलन अभियान चलाइरहेका छन्। अपाङ्ग, बेसहारा महिला र उनका बालकलाई चिसो मौसममा सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले सहायताका लागि मनकारी दाताहरूलाई आग्रह गरिएको छ। सहयोगका लागि सम्पर्क: अशोक महतो — 9844858413 निराजन सिंह — 9823522548 (स्रोत: महेश सिंहको वालबाट)

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१