ताजा समाचार

यादव सेवा समाज कतारद्वारा लहानमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • कार्तिक १९, २०८३
  • १२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कार्तिक १८ । यादव सेवा समाज कतारको आयोजना तथा ग्लोबल कलेज प्लस टुको सह–आयोजनामा सिरहाको लहानमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘समाज सेवा, सहयोग र एकता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ २०८३ कात्तिक १८ गते लहान–८ स्थित ग्लोबल कलेज प्लस टुको नयाँ भवनमा कार्यक्रम आयोजना गरिएको हो ।

यादव सेवा समाज कतारका अध्यक्ष शिवनाथ यादव र महासचिव शियाराम यादवको अध्यक्षता तथा नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लहानको प्राविधिक सहयोग रहेको थियो । ‘रक्तदान, जीवनदान’ भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रममा रक्तदाताहरूले स्वेच्छापूर्वक रक्तदान गरी मानवीय सेवामा योगदान पुर्‍याएका छन् । रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुर्‍याउने र रक्तदानप्रति आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

रक्तदानजस्तो मानवीय कार्यले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा आयोजकले जोड दिएको छ । यादव सेवा समाज कतारले प्रवासमा रहेर पनि आफ्नो मातृभूमि र समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सेवा, सहयोग, सद्भाव र समृद्ध समाज निर्माणका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने ग्लोबल कलेज प्लस टु, नेपाल रेडक्रस सोसाइटी लहान, रक्तदाता तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

अधिकृत रामसुन्दर महत ...

रन्जित चौरसिया वीरगंज १८ कातिक । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतो ...

लहानमा घर–घरमा शौचाल ...

ओम प्रकाश यादव, लहान, १८ कात्तिक । घरमा शौचालय निर्माण गर्नु एउटा उपलब्धि हो, तर निर्माण गरिएको शौचा ...

पालिकामै पुग्न थाल्य ...

उमेश कुमार साह सप्तरी कार्तिक १७ । पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤