Siraha Times
ताजा समाचार

नेपाल विद्युत प्राधिकरण कृष्णानगरको विद्यार्थी लाई विद्युतीय सुरक्षा सम्बन्धी सचेतना

  • मंसिर ९, २०८२
  • ५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णानगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाको नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरको टोली द्वारा कक्षा ९ र १० का गरि लगभग १०० जना विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी जानकारी दिइएको छ।

सचेतना कार्यक्रममा , विद्युत आपूर्ति, विद्युत चुहावट, विद्युतको परिचय, विद्युतीय उपकरण बाट बच्ने उपाय, विद्युतीय उपकरणको सुरक्षातमक उपाय, समयमा महसुल तिर्ने लगायतका बिषय तथा कार्यक्रममा सहभागी विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी  आ आफ्नो समुदायमा समेत सचेतना गर्न विद्यार्थी लाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरका प्रमुख सुशील पौडेलले जानकारी दिदै आग्रह समेत गरेका थिए साथै कार्यक्रममा उपस्थित विद्यार्थी लाई विद्युतीय उपकरण पूर्ण सुरक्षित साथ उपयोग गर्ने विद्युत चोरी नगर्ने समयमा महसुल तिर्ने लगायत बिषयमा सपथ समेत गराइएको थियो। कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी लगायत विद्यार्थी र शिक्षकहरूको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१