मनोसामाजिक समस्या खुलेर बाहीर ल्याउन आजको आवश्यक

  • पुस १५, २०८१
  • ५०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास, लाहान पुष १५ । समाजमा व्यप्त हानीकारक परम्परागत अभ्यास, अमानविय व्यवहार र अन्य कारणहरुले मानिस विचलितहुने, चिन्ता गर्ने, आत्महत्या सम्मगर्ने गर्छन् । तर के आत्महत्या समस्याको समाधान हो त ? मनोसामाजिक समस्या एस्तो समस्या छ जसलाई समाजमा प्रायः नजरअंदाज गर्ने चलन रहेको छ । मनोसामाजिक समस्याको पहिचान समयमै भएन भने यस्ता समस्यामा परेका व्यक्ति मानसिक रुपमा अस्वस्थ्य भई विभिन्न प्रकारका घटनाहरु घट्ने घटाउने गर्छन् ।

surunga 37

जसले समाजमा, परिवारमा नराम्रो असर पर्ने गर्छ र अशान्ति फैलिनुका साथै द्वन्द्व श्रृजना हुन्छ । यस्ता समस्या हरु बाट समुदाय र व्यक्ति दुबै स्वस्थ्य रहुन् भनेरै मुक्ति नेपाल गोलबजारले प्रभावित व्यक्तिहरु लाई मनोविमर्श सेवा दीइदै आएको छ । मुक्ति नेपालले समस्यामा परेका व्यक्ति र उनको पहिचान गरी सेवा दीएको आधारमा जनबरी देखि दीसम्बर २०२४ सम्म सिरहा जिल्ला को चारओटा पालिका गोलबजार, सिरहा, कर्जनहा र कल्यानपुरमा यस्ता समस्यामा परेका व्यक्तिहरुलाई सेवा प्रदान गर्नुका साथै तथ्याङ्क पनि संकलन गरेको छ । जसमा जम्मा १३४ जना महिला प्रभावित रहेको तथ्याङ्कले देखाउछ । पुरुषहरु पनि प्रभावित छन् तर खुलेर बाहीर ल्याउदैन । त्यसैले समुदायमा नजिक भएर काम गर्ने निकायहरुको संलग्नता बढाउन र यस्ता समस्यामा परेका व्यक्तिहरुलाई प्रभावकारी रुपमा सेवा दीने उद्येश्यका साथ ३–३ दीने तालिम गोलबजार र सिरहा गरी दुई ठाउँमा ४ पुरुष र ५० महिला गरी जम्मा ५४ जनाको सहभागितामा सम्मपन्न भएको छ । जसमा १२ जना शिक्षक र ४२ जना स्वयमसेविका रहेका थिए ।

surunga 38

तालिमका सहजकर्ता कामना साहका अनुसार, समुदाय संग ग्रास रुटमा रही काम गर्ने स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका शिक्षक शिक्षिकाहरु र समुदायमा स्वयमसेवी भावले काम गर्ने सहभागिहरुलाई लक्षित गरेर संचालन गरीएको आधारभुत तालिम पछि सहभागीहरूले समुदायमा मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई पहिचान गरी मनोविमर्श सेवासम्म पुग्नलाई सहयोग पुग्छ, भन्ने आशा छ, बताउदै, समुदायमा शारीरिक रूपमा स्वस्थ्य हुनुपर्छ भनेर सबैमा जानकारी छ, तर मानसिक रूपमा स्वस्थ्य हुनुपर्छ भनेर जानकारी नभएकै कारण मानसिक रुपमा अस्वस्थ्य भएका व्यक्तिहरू र आत्महत्याका घटनाहरू बढिरहेको अवस्था छ । यसलाई न्यूनीकरण गर्नको लागि यो तालिम आयोजना गरेको र यस्ता समस्यामा परेका व्यक्तिहरु सहेर होईन यसबाट बाहिर निस्कीन आवश्यक रहेको बताउनु भयो । 

त्यस्तै तालिममा सहभागि ( श्रमिक आधारभुत विद्यालय गोलबजार ४ की शिक्षिका) रंजु परियार भन्नु हुन्छ, हामी सँग विद्यार्थीहरू छ, त्यो विद्यार्थीहरूमा पनि मनोसामाजिक समस्याका लक्षणहरू देखा पर्यो भने हामीले उनको अभिभावकसँग कुरा गरेर मनोविमर्श सेवा लिनुपर्छ भनेर उत्साहित बनाउनेछौं, हाम्रा समुदायमा यस्ता घटनाहरू धेरै नै रहेको छ तर पहिचान गर्न सकिराखेको छैन अब हामीले यस्ता लक्षणहरू भएका व्यक्तिहरूलाई सके आफै नत्र मुक्ति नेपाल मा मनोविमर्श सेवा लिन पठाउनेछु ।

त्यस्तै सिरहा १२ सारस्वरकी स्वास्थ्य स्वयमसेविका गायत्री शर्मा भन्नु हुन्छ, हामी महिला स्वयंसेविका समुदायमा धेरै दिनदेखि काम गरिरहेको थियौँ र स्वास्थ्य शाखाले हामीलाई धेरै तालिमहरू दियो तर मनोसामाजिक सुस्वास्थ्य तथा मनोविमर्श सम्बन्धी पहिलो चोटी हामीले तालिम लियौ, मनोसामाजिक समस्या समुदायमा धेरै नै रहेको छ र पहिचान गरिराखेका थिएनौँ मुक्ति नेपालले यो तालिम आयोजना गरेर हामीलाई दिएकोमा मुक्ति नेपाल प्रति आभार प्रकट गर्दै, अब हामी आफ्नो समुदायमा र छर छिमेकीमा कसैलाई पनि मनोसामाजिक समस्या का लक्षणहरू देखा पर्यो भने हामी पहिचान गर्नेछौं र मनोविमर्श सेवा सम्म पुगाउने छौं । यो तालिम लिरहँदा समुदायमा केही कारण वश मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई सम्झिएका छौं र त्यो व्यक्तिहरूलाई अब मनोविमर्शकर्ता सम्म ल्याउनेछु ।

गोलबजार ५ असनपुरकी स्वास्थ्य सेविका मुन्नी कर्णका अनुसार समुदायमा मनोसामाजिक समस्या पुरुषभन्दा बढी महिलाहरूमा देखिरहेका अवस्था छ , समुदायमा बढी गरेर हिंसामा परेर महिलाहरूलाई मनोसामाजिक समस्या भइरहेको छ अब हामी स्वयंसेविकाहरू आमा समूहमा बैठक गर्दा त्यहाँ पनि हामीले सिकेका कुराहरू उहाँहरूलाई जानकारी दिनेछौं र समुदायका व्यक्तिहरूलाई पनि हामीले मनोसामाजिक समस्या तथा मनोविमर्शको बारेमा जानकारी दिनेछौं ।

श्री माध्यमिक विद्यालय भलुवाहीका शिक्षक जयराम यादव भन्नु हुन्छ ध्ज्इ को परिभाषा अनुसार स्वास्थ्य भनेको शारीरिक मानसिक र सामाजिक रूपमा तन्दुरुस्त हुने व्यक्तिलाई स्वास्थ्य भनिन्छ, अहिलेसम्म हाम्रो समुदाय शारीरिक स्वास्थ्य लाई मात्रै खयाल गर्दैछ मानसिक अस्वस्थ लाई केयर नगरेकै कारण आत्महत्याका घटनाहरू यति घटिराखेको अवस्था छ । जसरी हामी शारीरिक स्वास्थ्यलाई बुझ्छौ त्यसरी नै मानसिक स्वास्थ्यलाई पनि बुझ्नुपर्छ भनेर यो तालिमबाट सिकाई भएको छ ।

यो तीन दिनको तालिमले धेरै सान्दर्भिक बनाएको छ व्यक्तिगत जीवन मा र यो तीन दिनको तालिममा जति पनि विषयवस्तु जस्तै मनोसामाजिक सुस्वास्थ्य मनोसामाजिक समस्या उत्पन्न हुने कारणहरू मनोसामाजिकका लक्षणहरू, मनोविमर्श सेवा, सञ्चार, उदासीनता, आत्महत्या, एन्जाइटी, र आत्म स्याहार, यी विषयवस्तुमा हामी प्रष्टसँग बुझेका छौं र मनोसामाजिक समस्या का लक्षणहरू विद्यालयका विद्यार्थीहरूमा या समुदायका कुनै व्यक्तिमा पहिचान गर्न सक्छौ अब हामी मनोसामाजिक सहजकर्ता भई मानसिक अस्वस्थ भएका व्यक्तिहरूलाई मनोविमर्श सेवासम्म पुर्याउन सहयोग गर्नेछु भने प्रतिबद्ध जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

खुट्टीखोला ठेक्का लग ...

लहान १८, पौष । सिरहाको लहान स्थित रहेको खुट्टीखोला ठेक्का लगाउनुपर्ने माग राख्दै लहानका ट्रयाक्टर व् ...

मधेश प्रदेशकी सांसद ...

लहान १८ पुस । मधेश प्रदेशकी सांसद सहिदा खातुन र उनको परिवारले गोलबजार नगरपालिका–१३, दुर्गापु ...

चमार कल्याण समाज युए ...

जग जिवन राम। रौतहट पुस १८ सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल युएई(दुबई) ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१