Siraha Times
ताजा समाचार

हानीकारक परमपरागत अभ्यास विरुद्धको अभियानमा जुटेका सरोकारवाला

  • भदौ ६, २०८१
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, सिरहा समाजमा व्यापक हानीकारक परम्परागत अभ्यासले बालबालिकाहरु बढी प्रभावित हुदै आएको छ । यसले बालबालिकाहरु पनि प्रभावित हुन्छन तर हाम्रो समाजको पुरुषवादी सोचले उनीहरुलाई तेती फरक पर्दैन जती महिला वा किशोरीलाई पर्ने गर्छन् । नेपाल जनसाख्यिक तथा स्वास्थ्य सर्वेक्षण( एन डी एच एस ), २०११ अनुसार नेपालमा २० देखि २४ उमेर समुहकी ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको हो भने यही उमेर समुहका पुरुषको प्रतिशत ११ रहेको छ । अहिले पनि बालविवाहले गर्दा किशोरी हरु आफ्नो नैसर्गिक अधिकार बाट बन्चित भई सानै उमेरमा आमा बन्ने भएकोले उनीहरु शारिरीक मानसिक र आर्थिक रुपमा पछाडी पर्ने गर्छन । 

Screenshot 2024-08-22 083922 1

मुक्ति नेपालद्धारा संचालित बालविवाह अन्त्यका लागि किशोरी शसक्तिकरण अभियान कार्यक्रम अन्तर्गत गोलवजार नगरपालिकाका वडा नम्बर ११, १२, र ७ को वडा कार्यालयमा भएको स्थानिय राजनैतिक दल, समाजसेवी, महिला, स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि र जातिय अगुआहरुसंग हानीकारक परम्परागत अभ्यास अन्तर्गत बालविवाह रोकथामका लागि सरोकारवालाहरुको भुमिका विषयक संवाद कार्यक्रममा बालविवाहलाई प्रोत्साहीत गर्ने तत्व र यसलाई रोकथाम गर्ने उपाय विषयमा बृहत छलफल भयो ।

बालविवाह रोकथामका लागि सबै भन्दा पहिलो जिम्मेवार अभिभावक नै हो, तेही भएर सबै भन्दा पहिला अभिभावकलाई यस बारे बुझाउनु जरुरी छ । गोलबजार ११ मदरसा नुरुलका सेक्रेट्री मन्जुर अहमदले भने, छोरीलाई स्कुल नपठाएको कारण सानै उमेरमा उनीहरु छिट्टै विपरित लिङ्ग प्रति आकर्शित हुने र बालविवाहको जोखिममा पर्ने गर्छन त्यसैले शिक्षामा पनि किशोर किशोरी को पहुच बढाउनु जरुरी छ । 

बालिकालाई विवाहका लागि मात्र स्कुल पढाउने गरेको देखिन्छन्, विद्यालयको प्र.अ. भन्नु हुन्छ अभिभावकले जबरजस्ती स्कुलको परिक्षामा पास गर्न दवाव दीन्छन् हामीले कहिले काही गर्छौ पनि , तर जब फाइनल परिक्षा हुन्छ त्यहा गएर फेल हुन्छ तेही भएर अभिभावक र किशोर किशोरी दुईटैलाई शिक्षामा राम्रो बनाउनु जरुरी छ , यहाँ पढाई भन्दा बढी बैदेशिक रोजगारमा लम्केको पाइएको छ । 

त्यस्तै इस्मत फलाही, (मुस्लिम समुदायको विद्यालय) बनात बलकावाकी भ्वाइस प्रिन्सिपलले हाम्रो समुदायमा पनि यस्ता किसिमका विकृतिहरु बढीनै पाइने भएकोले यस प्रतिको चेतना जगाउनु अति आवश्यक छ । किशोरीहरु यस्ता शिक्षा बाट अनभिज्ञ छन् । तर उसलाई यस प्रति सजग बनायो भने बालविवाह वा लैङ्गिक हिंसा न्युनिकरणमा ठुलो सहयोग पुग्छ । 

गोलबजार न. पा. ११ बलकावाका वडाध्यक्ष सोहेब अनवरले हाम्रो वडामा यस्तो परम्परागत अभ्यासले गर्दा हामीलाई पनि समस्या हुन्छन् , यहाँ अभिभावक भन्दा छिमेकी लाइ बढी गाह्रो हुनेगरेको देखिन्छन् । अभिभावकले आफ्नो बच्चालाई पढाउन खोजे पनि छ र छिमेकीको कुरा र समाजिक प्रचलनले गर्दा बालविवाहले प्रोतसाहन पाइ रहेको देखिन्छन् । त्यस्तै हाम्रो समाजमा छोराको नागरीक्ता बनाउन १६ वर्ष न पुग्दै कती चोटी देखाउन आउछ, नागरिक्ता बनाउने उमेर पुग्यो पुगेन, तर छोरी २० वर्ष पुगे पनि त्यसको नागरिक्ता बनाउने चलन छैन । विवाह पछि पनि उनी आफ्नो स्वेच्छाले नागरिक्ता पाउदैन, धेरै केशहरुमा नागरिक्ता नबनाईदीने र श्रीमानलाइ केही भई दीयो वा भागि दीयो भने महिला र बच्चा दुईटै समस्यामा पर्ने गर्छन् । तेही भएर छोरीहरुको कुमारी नागरिक्ता बनाउने पहलमा हामीले जुट्नु आवश्यक छ । 

बालविवाहको समस्या अरु समुदाय भन्दा हाम्रो वडाको धर्मपुरमा जहाँ महरा, सदा र मुखिया समुदायको बाहुल्यता छ त्यहाँ सबै भन्दा बढी बालविवाह हुने गरेको छ । त्यहा १८ वर्षको किशोरी पाउनु हुन्न, किन भने उनीहरुको बिहे १६ वर्ष देखि १८ वर्ष न पुग्दै गर्दै आएको छ । त्यहा शिक्षा र चेतनाको कमीले लैङ्गिक हिंसा, घरेलु हिंसा, लगायत विभेदपुर्ण वातावरण भएकोले यस्ता किसिमका कार्यक्रम सब भन्दा पहिला त्यहै राख्नु आवश्यक छ । माओवादी प्रतिनिधि गोलबजार ७ रविन्सन लामाले भने ।

त्यस्तै किशोर किशोरीको जुन बहकिने उमेर छन् तेही उमेरमा उनीहरुलाई यस्ता समस्या बाट निकाल्ने काम एकदमै गाह्रो छ । गोलबजार ७ का वडाध्यक्ष हरीसरण ठाकुरले अहिलेको युगमा मोबाईल र शोसल मिडियाको प्रयोगले गर्दा धेरै जना राम्रो प्रगति गर्न सकेको छ भने धेरैले गलत बाटो रोजेको छ , लागु औषध दुर्वेशनीमा पनि सानै उमेर समुहका बालकहरु धेरै प्रभावित छन् यस विषयमा पनि सचेतना कार्यक्रम राख्नु पर्ने आवश्यक देखिन्छ । वडा बाट जस्तो सुकै सहयोग हामी गर्ने छांै प्रतिबद्धता जनाउनु भयो । हाम्रो समाजमा व्यप्त लैंङ्गिक विभेद लगायत विभिन्न प्रकारका विभेदहरुले पनि किशोरी वा महीला बढी प्रभावित हुदै आएको देखिन्छन् । जसलाई जरै देखि उखेलिएर फ्याल्न हामी सबैको भुमिका अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१