लहान २७ असार दोलखाका कृषि युवा उद्यमि माधव न्यौपानेको कृषि मोह, वर्षमै कमाउछन् २०/२५ लाख:विगत १५ वर्षदेखि भिमेश्वर नगरपालिका वडा नं–६, दोलाखामा बेमौसमी कृषि खेतीमा रमाउदै आएका छन, माधव न्यौपाने । २५ वर्षका न्यौपानेको जोस र जाँगरले तरकारी उत्पादन लागिरहेका छन् । कृषि खेतीमा रुचि राख्ने न्यौपाने सानैदेखि बुबालाई सघाउदै आएका थिए । व्यवस्थापन विषयमा प्लस टु उत्तीर्ण गरेदेखि न्यौपाने अहिलेसम्म कृषि क्षेत्रमा सक्रिय रहदै आएका छन् । प्लस टु सकेर माधवले बुबालाई खेतबारीमा सघाउदै ज्यालामजदुरको काम गर्दै आएका थिए । ‘सिमित समय मात्रै काम पाइन्थ्यो । कुनै महिनामा कामै नहुने हुन्थ्यो’, उनले भने, ‘बुबाले पुरानो शैलिमा खेति गर्दै आएको कारणले सोचेजस्तो आम्दानी भएन । त्यसपछि कृषिमा आधुनिककरण तरिकाले अगाडि बढ्न कृषि खेतीमा होमिएका हौं ।’
भारत लगाएत अन्य बाहिरी मुलुकबाट दैनिक लाखौँको मात्रामा तरकारी भित्रिनेक्रम जारी छ । उनकाअनुसार शिक्षित युवाहरुले कृषि पेशालाई रोज्नुपर्छ र कृषिलाई आधुनीकिकरण गर्दै लग्नुपर्छ । २ रोपनीबाट सुरु गरेको खेति १८ रोपनीमा विस्तार २०६५ सालमा २ रोपनी जग्गाबाट उनले खेती सुरु गरेका हुन् । त्यही खेतबारी सप्रिदै गएपछि अहिले १८ रोपनीमा विस्तार गरेका छन् । ७०÷८० हजारको लगानीमा २ वटा बाँसको टनेलबाट कृषि यात्रा सुरु गरेका उनले अहिले २२ वटा टनेलमा बेमौसमी तरकारी खेती विस्तार गरेका छन् ।
सुरुका वर्षहरुमा करिव १ लाखको हाराहारीमा आम्दानी गर्दै आएका माधवले अहिले २० देखि २५ लाखको हाराहारीमा आम्दानी गर्छन् । बेमौसमी तरकारीहरु टमाटर, क्पाप्सिकन र भान्टाबाट राम्रै आम्दानी भएपछि उनले २०७३ सालमा १० रोपनी जग्गा थपेर १२ रोपनीमा तरकारी खेतीमात्रै गर्न थाले । चरिकोटमा भएको पौरखी कृषि सहकारी संस्थाबाट ऋण लिएर तरकारी व्यवसायलाई विस्तार गरेको, उनले बताए ।
आयात प्रतिस्थापन नगरेसम्म किसानले बजार मुल्य राम्रो पाउदैनन् उनको भनाई छ। ‘बेमौसमी तरकारी खेतिबाट धेरै घाँटा लाग्ने भन्ने त हुन्न तर बाहिरबाट तरकारी आयात गरि तरकारी मुल्य निर्धारण गर्दा हामीहरुले बाहिरको मुल्यसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ’, उनले भने, ‘हाम्रो देशमा किसानहरुले विउविजन पनि बाहिरबाट आयात गर्नुपर्छ । जसको मूल्य निकै चर्को हुन्छ । आफ्नो दुःख बराबरको प्रतिफल नआउने भएपछि हामीले कम मुल्यमा बेच्न सक्दैनौँ ।’ माधवले बेमौसमी तरकारी खेती सँगै बेर्ना उत्पादन गरेर बेच्ने काम पनि गर्छन ।
उनले एउटा टनेल बेर्ना उत्पादनका लागि मात्रै प्रयोग गरिरहेका छन् । तितेकरेला, काउलि, टमाटर लगाएका बेर्ना, उत्पादन गरि बेच्दै आइरहेका छन् । बेर्नाबाट पनि बार्षिक ५०÷६० हजार आम्दानी भैरहेको बताए । स्थानिय तह भिमेश्वर नगरपालिका वडा नं ६ चरिकोटबाट १० वटा टनेल निर्माण गर्नका लागि प्लाष्टिक घर अनुदानमा प्राप्त गरेका थिए । त्यस्तै ‘संरक्षित संरचनामा प्राङ्गारीक तरकारी खेति कार्यक्रम’ अन्तर्गत कृषि ज्ञान केन्द्र दोलखाले २०७६÷०७७ का २ लाख ६८ हजार बराबरको अनुदान दिएको थियो । जुन कार्यक्रमको काम अहिले सञ्चालन भइरहेको छ । उनकाअनुसार ग्रिन हाउस, निर्माण हाउस निमार्णको चरणमा रहेका छन् । किसानहरुलाई तालिम अपरिहार्य रहेको उनको बुझाइ छ।
तालिमले मानिसलाई दक्ष बनाउँछ । मानिसलाई नयाँनयाँ प्रविधिसँग घुलमिल हुन सहयोग गर्दछ । आत्मनिर्भर बन्न हौसला प्रदान गर्दछ । अनुभव आदानप्रदान गर्न सहयोग पु¥याउँछ । त्यसैले आधुनीकिकरण कृषि प्रणालि विकासका लागि किसानहरुलाई तालिम अपरिहार्य छ । उनले पनि ५÷६ पटक तालिम लिइसकेका छन् । कृषि ज्ञान केन्द्र दोलखाको आयोजनामा २ पटक, स्थानिय तहको आयोजनामा १ पटक र सहकारीको आयोजनामा २÷३ पटक तरकारी उत्पादन सम्बन्धि तालिम समेत उनले लिएका छन् ।
तरकारी खेति गर्दा प्रतिफलको धैर्य गर्नुपर्छ उनको भनाई छ। तरकारी खेति गर्दा कडा मेहनत र परिश्रम गर्नुपर्दछ । अहिलेका पुस्ताहरुमा धैर्यताको कमी छ । आजको आजै प्रतिफल पाउनुपर्छ भन्ने धारणाको अन्य भएमा मात्रै युवाहरु तरकारी खेतिमा आर्कषित हुने थिए । ‘मेहनत र लगनशिलतामा भएपछि कृषि पेसाजस्तो राम्रो पेसा नेपलका युवालाई अरु हुनै सक्दैन, उनले भने । ‘आफ्नो बारीको तरकारी बजार लगेर बेच्दा हातमा पैसा आउँदा गरेका दुःखहरुलाई भुलेर रम्न सकिन्छ र यो पेसामा अत्यन्तै सन्तुष्टि मिल्छ, मुस्कुराउदै उनी भन्छन् ।
सरकारले नेपाली युवामा लगानी गनुपर्छ उनको भनाई छ। सरकारले अनुदान भन्दापनि सौलियत दरमा ऋण प्रदान गर्यो भने अधिकांस किसानहरुले आफ्नो कृषि व्यवसायलाई विस्तार गर्न पाउने उनी वताउछन् । अनुदान निश्चित कृषकहरुलाई मात्रै हुन्छ, तर ऋण सहज रुपमा प्रदान गरेमा धेरै कृषकहरुले उपभोग गर्ने थिए । जसले गर्दा कृषि पेसामा लाग्ने युवाहरुको संख्या बढ्ने कुरामा उनी विश्वस्त छन् । उनले नियमित रुपमा ५ वर्षदेखि २ जना कर्मचारी राखेका छन् । बेर्ना लगाउदा, तरकारी लगाउदा १÷२ महिनालाई आवश्यकता अनुसार कामदार राख्दै आएका छन् । तस्वीर तथा जानकारी - माधव न्यौपाने/ दोलखा कृषि प्रेस
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic