सिरहाको धनगढी बजारमा हनुमानको मूर्ति स्थापना

  • कार्तिक २६, २०८०
  • ४८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक २६ । सिरहाको धनगढीबजार स्थित पूर्व पछिम राजमार्गको उत्तर छेउमा रहेको मन्दिरमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धनगढीमाई न,पा, वडा नं १० धनगढीबजारमा रहेको हनुमान मन्दिरको पुरानो मूर्ति हटाएर नयाँ मुर्तिको स्थापना गरिएको छ । विधिविधान पूर्वक कलश यात्रा गरी आज हनुमानको मूर्ति स्थापना गरिएको छ । हनुमान प्राचीन आर्य महाकाव्य रामायणका सबैभन्दा महत्वपूर्ण चरित्रहरु मध्ये एक पात्र हुन । हनुमानलाई भगवान शिवजीको ११ औँ अवतारको प्रतीकका रूपमा पनि लिने गरिन्छ ।

हनुमान् : शव्दको विवेचना संस्कृत व्याकरण अनुसार 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर हनुमान् शब्दको उत्पत्ति भएको हो । हनुको अर्थ चिउँडो हो । जुन हन् धातुबाट निर्माण हुन्छ । 'हन्' धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् र गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि हो । त्यसैले पनि हनुमान भगवान् रामका परम भक्त हुन पुगेका हुन् भन्ने विश्वास गरिन्छ । दुष्ट आत्माको प्रकोपबाट बचाउने शक्तिको नाम हनुमान् हो । रामचन्द्रको अवतारपछि र रामायण युगदेखि हनुमानको चारित्रिक वैशिष्ट्यका कारण वानर जातिलाई पनि मङ्गलकारी प्राणिका रूपमा लिन थालियो । परिणामतः हनुमान् मंगलमूर्ति र सङ्कटमोचकका रूपमा पुजिन थाले ।

शनिको बक्र दृष्टिबाट ब्रह्मा, विष्णु, महेश्वर सबै डराउने गर्दथे भन्ने प्रसङ्ग विभिन्न पुराण र अन्य धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । तर हनुमान् त्यस्ता देवता हुन्, जसमाथि शनिको बक्रदृष्टिको प्रभाव परेन । अझ उनले आफ्ना भक्तहरूमा पनि शनिको पीडा नहुने वरदानसमेत प्राप्त गरेका थिए भन्ने कथा पनि प्रचलनमा छ ।रामायणको प्रसिद्ध खलपात्र रावण एउटा ब्राह्मण र ज्योतिषी पनि थियो । उसले आफ्नो प्रथम पुत्र जन्माउने वेलामा सकेसम्म सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनाउने प्रयास गर्यो । कतिसम्म भने शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर उसले पहिलो सन्तान इन्द्रजीतको जन्म गराउने उद्देश्य लिएको थियो ।

यो कुरो नारदले चाल पाए । उनले प्रकृतिविपरीत केही पनि हुन सक्दैन र हुनदिनु पनि हुँदैन भनेर रावणलाई शत्रुको पिठ्युँमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ भन्ने सल्लाह दिए । नारदको यो उपायले काम गर्यो र रावणले शनिको गति परिवर्तन गरिदियो । अब शनिको वक्रदृष्टि सीधै रावणमाथि पर्न गयो, जसबाट रावणको पतन सुरु भयो भन्ने गरिन्छ । तर रावण हार मान्ने स्वभावको थिएन, आफूमाथि नारदको कुटिल चालले शनिको बक्रदृष्टि परेको चाल पायो र उसले शनिलाई एउटा अँध्यारो कोठामा थुनिदियो । माता सीताको खोजी गर्ने क्रममा जब हनुमान लङ्कामा पुगे, तब उनले त्यहाँ बन्दी बनेका शनिलाई मुक्त बनाए । उनीमाथि शनिको वक्रदृष्टिको कुनै दुष्प्रभाव देखिएन । आफूलाई थुनामुक्त बनाएको हुँदा शनि हनुमानप्रति प्रसन्न भए । उनले वरदान माग्न आग्रह गरे । भक्तवत्सल हनुमानले आफूमा जस्तै आफ्ना भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे । 'शनि' ले 'तथास्तु' भने ।

हनुमान र सिन्दुर लेपन हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ । रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो । त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे । हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो । त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महत्त्व अझै बढेको प्रस्ट हुन्छ । हनुमानको मूर्ति स्थापना गरेर यसले समाजमा धार्मिक तथा सांस्कृतिक विकाशमा ठूलो महत्व बोकेको हुन्छ ।  

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१