Siraha Times
ताजा समाचार

मधेसी समुदायमा नेतृत्व र चेतना अभिवृद्धिका लागि सिरहामा प्रशिक्षक उत्पादन कार्यक्रम

  • जेठ २७, २०८३
  • ५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले सिरहामा प्रशिक्षक प्रशिक्षण (Training of Trainers–TOT) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। समुदायस्तरमै सक्षम प्रशिक्षक उत्पादन गरी मधेसी समुदायमा चेतना, नेतृत्व क्षमता र सहभागिता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो, जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलीप लामा, प्रमुख जिल्ला अधिकारी, मधेसी आयोगका अध्यक्ष तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रशिक्षणका क्रममा मधेसी समुदायका संवैधानिक हक-अधिकार, सामाजिक न्याय, नेतृत्व विकास, क्षमता अभिवृद्धि, आर्थिक अवसर तथा राजनीतिक सहभागिताजस्ता विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ। साथै समुदायभित्र रहेका चुनौती, अवसर र समाधानका उपायबारे समेत सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो।

मधेसी आयोगका प्रतिनिधिहरूले समुदायको दिगो विकासका लागि स्थानीय तहमा सक्षम नेतृत्व निर्माण आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रशिक्षित व्यक्तिहरूले आगामी दिनमा आफ्ना समुदायमा गएर प्राप्त ज्ञान र सीप हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।

सहभागीहरूले यस्ता कार्यक्रमले मधेसी समुदायमा अधिकारप्रति जागरण ल्याउनुका साथै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। उनीहरूले समुदायको आवाजलाई नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन प्रशिक्षित जनशक्तिको भूमिका महत्वपूर्ण रहने धारणा राखेका थिए।

मधेसी आयोगले आगामी दिनमा पनि विभिन्न जिल्लामा यस्ता क्षमता विकास तथा सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै समुदायको नेतृत्व विकास र अधिकार सुनिश्चितताका लागि पहललाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१