Siraha Times
ताजा समाचार

कृषक व्यवसाय पाठशाला विस्तारका लागि पालिकाहरूबीच सिकाइ आदान–प्रदान, नीतिगत सम्बोधन गर्ने सहमति

  • भदौ १०, २०८३
  • ४१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस्थागत सुदृढीकरणमा प्रभावकारी माध्यम बन्दै आएको कृषक व्यवसाय पाठशालालाई थप पालिकाहरूमा विस्तार गर्ने उद्देश्यले महोत्तरी र सर्लाहीका विभिन्न पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाबीच सिकाइ आदान–प्रदान गरिएको छ।

WhatsApp Image 2026-08-26 at 7.43.43 AM

किसानहरूका लागि खुला विद्यालयका रूपमा स्थापित कृषक व्यवसाय पाठशालाले स्थलगत तथा व्यवहारिक सिकाइ, स्थानीयस्तरमै अन्वेषण, किसान–किसानबीच सम्बन्ध विस्तार, महिला तथा पुरुषबीच निर्णय प्रक्रियामा समान सहभागिता, स्वच्छ उत्पादन, सामूहिक बजारीकरण तथा कृषक समूहहरूको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याहउँदै आएको सहभागीहरूले बताएका छन्।

WhatsApp Image 2026-08-26 at 7.43.41 AM (1)

कृषक व्यवसाय पाठशाला प्रभावकारी सिकाइ तथा क्षमता विकासको माध्यमका रूपमा किसानहरूबाटै प्रमाणित भइसकेको र यसबाट प्राप्त सफल अभ्यास तथा सिकाइलाई अन्य पालिकाहरूमा समेत विस्तार गर्न आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो।

WhatsApp Image 2026-08-26 at 7.43.41 AM

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको समन्वय तथा राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा मिति २०८३ साल भदौ ८ र ९ गते कृषक व्यवसाय पाठशालाबाट प्राप्त प्रमाणित सिकाइ, अनुभव तथा अभ्यासहरूबारे विभिन्न पालिकाका प्रतिनिधिहरूबीच आदान–प्रदान गरिएको हो।

WhatsApp Image 2026-08-26 at 7.43.42 AM

कार्यक्रममा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेय, सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो लगायत विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधि, कृषक प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो।कार्यक्रमका क्रममा कृषक व्यवसाय पाठशालाले किसानको उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै सामूहिक सिकाइ, समस्या पहिचान तथा समाधान खोज्ने क्षमता, कृषि प्रविधिको व्यवहारिक प्रयोग र बजारसँगको पहुँच विस्तारमा पुर्याकएको योगदानबारे अनुभव आदान–प्रदान गरिएको थियो।

WhatsApp Image 2026-08-26 at 7.43.40 AM

विशेषगरी महिला तथा पुरुष दुवैको निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्ने, किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सामूहिक रूपमा अघि बढाउने र स्वच्छ तथा गुणस्तरीय कृषि उत्पादनलाई प्रोत्साहन गर्ने अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। कृषक व्यवसाय पाठशालाबाट प्राप्त सकारात्मक परिणामलाई स्थानीय सरकारको कृषि नीति तथा कार्यक्रमसँग जोडेर संस्थागत रूपमा अघि बढाउन सके यसको प्रभाव अझ व्यापक हुने सहभागीहरूको धारणा थियो। त्यसका लागि पालिकाहरूले आगामी दिनमा कृषक व्यवसाय पाठशालालाई नीतिगत रूपमा सम्बोधन गर्दै आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति समेत गरेका छन्।

कृषक व्यवसाय पाठशालालाई स्थानीय तहको कृषि विकास नीति, योजना तथा कार्यक्रमभित्र समेटेर नियमित रूपमा सञ्चालन गर्न सके किसानको क्षमता विकाससँगै उत्पादन, उत्पादकत्व, सामूहिक बजार प्रवर्द्धन र कृषक समूहहरूको संस्थागत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमले विभिन्न पालिकामा सञ्चालन भइरहेका सफल कृषि अभ्यासहरूबीच आपसी सिकाइ र अनुभव आदान–प्रदानको वातावरण निर्माण गर्नुका साथै कृषक व्यवसाय पाठशालाको अभियानलाई थप किसानसम्म पुर्याूउन महत्वपूर्ण आधार तयार गरेको आयोजकहरूको भनाइ छ।

स्थानीय तह, कृषक समूह र किसानबीचको सहकार्यलाई अझ बलियो बनाउँदै कृषक व्यवसाय पाठशालालाई विस्तार गर्न सके कृषि क्षेत्रको दिगो विकास, किसानको आत्मनिर्भरता र सामूहिक बजार प्रणालीको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१