ताजा समाचार

आकस्मिक स्वास्थ्य सेवाका लागि सिमरा विमानस्थलमा हेल्थ डेस्क स्थापना

  • भदौ ३, २०८३
  • ३८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको सहयोगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत देशका विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने कार्यक्रमअनुसार सिमरा विमानस्थलमा पनि सेवा सुरु गरिएको हो। सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए।

विमानस्थलमा यात्रु तथा सेवाग्राहीको चाप र आवश्यकताका आधारमा आगामी दिनमा सेवा सञ्चालनको समय थप गर्न सकिने उनले बताए। स्वास्थ्य सहायता कक्षबाट विमानस्थलमा कार्यरत कर्मचारी, यात्रु, सरसफाइ कर्मचारी तथा सुरक्षाकर्मीलगायतलाई आकस्मिक स्वास्थ्य जाँच, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श उपलब्ध गराइने सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

यात्रुमा अचानक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्काल मेडिकल इमर्जेन्सी केयर उपलब्ध गराउनुका साथै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइएको जनाइएको छ। विमानस्थलमा विपद् वा ठूलो आकस्मिक घटना भएमा नेशनल मेडिकल कलेजको डिजास्टर रेस्पोन्स टिममार्फत आवश्यक स्वास्थ्य सेवा तथा सहयोग उपलब्ध गराइनेछ। स्वास्थ्य सहायता कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ।

विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र चिकित्सकीय परामर्श लिन सहज हुने अपेक्षा गरिएको छ। विमानस्थल प्रशासन र नेशनल मेडिकल कलेजबीचको सहकार्यमा सुरु गरिएको स्वास्थ्य सहायता कक्षलाई सेवाको आवश्यकता र प्रभावकारिताका आधारमा आगामी दिनमा थप व्यवस्थित गर्दै लैजाने तयारी गरिएको छ।

हेल्थ डेस्क उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, हस्पिटल डाइरेक्टर डा. ईशरत जहानलगायत कलेजका प्रशासनिक कर्मचारी, विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤