Siraha Times
ताजा समाचार

सर्पदंशबाट घाइते भगवानपुरका दुई बालकको उपचारमा गाउँपालिकाको आर्थिक सहयोग

  • भदौ ५, २०८३
  • २७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छोरालाई सर्पले डसेपछि विराटनगरमा उपचार भइरहेको छ। सर्पदंशका कारण गम्भीर अवस्थामा रहेका बालकहरूको उपचारमा आर्थिक समस्या देखिएपछि भगवानपुर गाउँपालिकाले पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।

भगवानपुर गाउँपालिकाका अध्यक्षसहित गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको सहयोगबाट उपचारका लागि रु. ४३ हजार २०५ आर्थिक सहयोग गरिएको हो। त्यसैगरी, पीडित बालकहरूको उपचारमा थप सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाका अध्यक्षले व्यक्तिगत तथा गाउँपालिकाको तर्फबाट थप रु. ५५ हजार सहयोग गर्ने घोषणा समेत गरेका छन्।

पीडित परिवारका अनुसार गाउँपालिकाबाट सहयोग प्राप्त हुनुअघि नै विभिन्न व्यक्ति तथा संस्थाबाट उपचारका लागि करिब रु. २ लाख ५० हजार बराबरको आर्थिक सहयोग प्राप्त भइसकेको थियो। उपचार खर्च निरन्तर बढ्दै गएपछि गाउँपालिकाले पनि पीडित परिवारलाई सहयोग गरेको जनाइएको छ।

सर्पदंशबाट घाइते अशोक भगतका कान्छा छोरा दिव्यान्सुको स्वास्थ्यमा अहिले केही सुधार आएको परिवारले जनाएको छ। तर जेठा छोरा प्रियान्सुको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको र निरन्तर उपचार आवश्यक परिरहेको परिवारको भनाइ छ।

जेठा छोरा प्रियान्सुको उपचारमा थप ठूलो रकम आवश्यक पर्ने भएकाले आर्थिक सहयोगको आवश्यकता अझै कायम रहेको पीडित अशोक भगतले बताएका छन्। उनले छोराको जीवन बचाउन सहयोग गरिरहेका व्यक्ति, संस्था तथा स्थानीय तहप्रति आभार व्यक्त गर्दै उपचारका लागि थप सहयोगको अपेक्षा रहेको बताए।

सर्पदंशजस्तो आकस्मिक विपद्का कारण एकै परिवारका दुई बालक गम्भीर अवस्थामा पुगेपछि स्थानीयस्तरमा समेत चिन्ता बढेको छ। यस्तो अवस्थामा गाउँपालिकासहित विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट प्राप्त सहयोगले पीडित परिवारलाई उपचारमा केही राहत पुगेको छ।

पीडित परिवारले अझै पनि जेठा छोरा प्रियान्सुको उपचार जारी रहेकाले सहयोगी हातहरूबाट थप आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरेको जनाएको छ। स्थानीय तह र समुदायको सहकार्यले विपद्मा परेका परिवारलाई राहत तथा उपचारमा महत्वपूर्ण सहयोग पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१