Siraha Times
ताजा समाचार

कतारमा पत्रकार रामएकवाल राम पुरस्कृत

  • साउन ११, २०८२
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत्कृष्ट पत्रकार पुरस्करबाट सम्मानित भएका छन। शुक्रबार सम्पन्न गैर अवासिय नेपाली संघ ( एनआरएनए) एनसीसी कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशनको अवसरमा रामलाई सम्मान प्रदान गरिएको हो।

संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री माननीय डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा सप्पन्न महाधिवेशनमा प्रवासमा रहेर नेपाली समुदायलाई पत्रकारिताको माध्यमबाट सुचना प्रदान, साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्त रूपमा प्रवाह गरेको उल्लेख गर्दै नगद रु १५००१ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। सम्मान ग्रहणपछि रामले संस्थाका सम्पूर्ण पदाधिकारी र आयोजक प्रति आभार व्यक्त गर्दै सम्मानले आफूलाई पत्रकारितामा अझ दृढ भएर अगाडि बढ्न ऊर्जा र प्रेरणा प्रदान गरेको बताए।

सिराहाको लहान बाट प्रसारण भईरहेको सामुदायिक रेडियो समाद एफएमबाट पत्रकारिता सुरू गरेका राम हाल बालासुन्दरी खबर राष्ट्रिय दैनिकका सम्पादक रहेका छन्। उनी कतारमा सामुदायिक पत्रकारिता तथा प्रवासी मजदुरका समस्या उठाउने अग्रपङ्क्तिका पत्रकारका रूपमा चिनिन्छन।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१