‘नेपाल रहियो भने पहडिया र मधेशीया रहन्छन्’, लहान महोत्सव

  • चैत्र २६, २०७५
  • १०३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २६ चैत्र । नेकपाका केही जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएको छ । यिनीहरु विकासको नाममा पार्टीलाई बद्नाम गर्ने काम गरिरहेको छ । त्यस्ता जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउँने उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताउँनुभयो । लहान महोत्सवको उद्घाटन गर्दै उपप्रधान मन्त्री पोखरेलले सिरहामा पनि यस्ता जनप्रतिनिधिहरु रहेको सुन्नमा आएको भन्दै तिनीहरुको लागि हामीले बचाउ गर्न नसकिने स्पष्ट पार्न चाहन्छु । अहिले यो सरकारले विकास निर्माणको जग खडा गरेको छ । अब दिवार खडा गर्ने बेलामा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरियो भने त्यस्तालाई कुनै शक्तिले नबचाउँने मन्त्री पोखरेलले बताउँनुभयो । सिरहाका गाउँपालिका र नगरपालिकाका प्रमुखले लक्षितवर्गको कार्यक्रम सँघसँस्थामार्फत गराउँनुपर्ने ठाउँमा आफै समान्य खर्च गरेर लाखौ भ्रष्टाचारी गरेको छ । निर्माण विकासको काममा नातागोतालाई उपभोक्ता समिति बनाएर लाखौं भ्रष्टाचारी गरेको छ । स्थानीयलाई काम नदिएर कमिशनमा बाहिरियालाई काम दिने गरेकोले पालिका प्रमुखहरुले भ्रष्टाचारीमा लिप्त रहेको छ । मधेशी मैथलीमै बोल्दै उपप्रधानमन्त्री पोखरेलले भारतमा अन्य देशबाट विवाह गरेर ल्याएका महिलालाई ७ बर्षमा नागरिकता दिने गरेको छ । नेपालमा कसरी आउँने वितिकै नागरिकता दिने त ? अब नागरिकतालाई राजनीतिक विषय बन्न नदिने उहाँले बताउँनुभयो । यो देशमा कुनै एक जातको बहुमत छैन । अल्पसँख्यकहरुको देश हो । त्यसैले धोतीले दौरासुरुवाल र दौरासुरुवालले धोतीलाई हेप्न पाइदैन । सबैको भाषा, सँस्कृति,भेषभुषा,सँस्कारलाई सम्मान गर्नुपर्छ अनि मात्रै यो देशमा विकास र अधिकार सवल हुने भन्दै नेपाल रहियो भने पहडिया र मधेशीया रहन्छन् उहाँले बताउँनुभयो । लहान आँपको राजधानी हो । मुनीजीलाई भन्छु दिमागमा योजना र आँखामा सपना हेर्नुस् । लहानको विकासको लागि प्रदेश र संघीय सरकारसँग कार्यक्रम ल्याउँन हामी सहयोग गर्छु । यहाँ उद्योग, कलकारखाना, कृषि उत्पादनमा जोड दिनुस् । अनि मात्रै ‘हाम्रो लहान समृद्ध लहान’ को नारा सार्थक हुने उहाँ उपप्रधानमन्त्री पोखरेलले बताउँनुभयो । लहानले सलहेश सर्किट, वडा २४ मानिकदहमा उद्योगक्षेत्र, कृषि उत्पादनको लागि विशेष क्षेत्र तयार गर्न जोड दिँदै आएको छ । आजको कार्यक्रम लहान नगरपालिकाका प्रमुख मुनी साहका सभाध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्व समान्य प्रशासन मन्त्री रामचन्द्र यादव, लहानका वडाध्यक्ष तथा अधिकतम सँघसँस्थाका प्रतिनिधिहरुलाई मँचासन नगराएको व्यापक गुनासो चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१