५ बर्षिय छोरा हत्या अभियोगमा आमा पक्राउ

  • वैशाख १४, २०८१
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई हाल लहान नगरपालिका- १ बस्दैआएकी ३४ वर्षिया सरीता कुमारी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बिहान देखि नै आयुश देखा नपरेको भनि स्थानियले अपरान्ह १७ : ३० बजे प्रहरीलाई जानकारी गराए लगतै इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरीले खोजतलासको क्रममा आफै सुत्ने बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुश पोको पारी लुकाई राखेको अवस्थमा फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले दिएका छन।

अनुसन्धानको क्रममा तत्काल आयुसकी आमा रेखालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। हत्या अभियोगमा परेकी रेखा बिगत एक बर्ष देखि पति रमेश साह संग सम्बन्ध बिच्छेद गरी छोरा सहित छुट्टै बस्दै आइरहेकी स्थानीयहरुले बताएका हुन।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१