Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न

  • वैशाख १२, २०८१
  • ११६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। आज बुधबार लहानको माखन भोग स्वीट्स एण्ड नमकिनमा जिल्ला, प्रदेश तथा केन्द्रीय अग्रज बरिष्ठ सक्रिय पत्रकारहरुको उपस्थितिमा साधारणसभा कार्यक्रम गरिएको हो ।

सिरहा शाखाका सभापति मनोज बनैताको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, र मधेश प्रदेश महासचिव श्याम बन्जाराको रोहवरमा कार्यक्रम गरिएको हो । यो सँगै,आजको कार्यक्रममा मुख्यतया पत्रकारका हकहित र सुरक्षाको बारेमा गहनरुपमा कुरा गरिएको छ। प्रमुख अतिथि केन्द्रीय सचिव दिपेन्द्र चौहानका अनुसार नेपाल पत्रकार महासंघ कसैको एक्लौटी नरहेको दाबी गर्नुभएको छ। उनले भने- " महासंघ हामी सबै सक्रिय पत्रकारहरुको साझा फुलबारी रहेको भन्नुभएको छ। 

केन्द्रीय सदस्य केसी लामिछानेका अनुसार - पत्रकारिताका सबलपक्ष र दुर्बलपक्षबारे निकै बोल्दै भने जसले जे भनेता पनि " हामी पत्रकार हौं, हामी सबै एक हौं " बुझ्नुपर्दछ । तर, हामी त्यस्तो पक्कै गर्दैनौं ' कुनै पत्रकार तथा संचारमाध्यमले समाचार लेख्यो भने - त्यसको तुरुन्तै सामाचार उल्टाई दिने " त्यो पक्कै पत्रकारिताको मर्म नभएको बताउनुभयो । त्यसैगरी मन्तव्यकै क्रममा सिरहा शाखाको निवर्तमान अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताका अनुसार - सत्य, तथ्य निर्भिक लेखनका निम्ति चुनौतीपुर्ण क्षणहरुको सामना गर्नु परेको बताउनुभयो । सिरहामा मात्रै नभएर देशैभर- समाचारलाई लिएर हामी पत्रकार बारम्बार धाक-धम्की, हामलाका सिकार बन्दै गएका छन् ।

यता, सिरहा शाखाका अध्यक्ष मनोज बनैता भन्नुहुन्छ - पत्रकारको समस्या हाम्रो समस्या रहेको हरेक पत्रकारले बुझ्नुपर्ने बताए । पत्रकारिता पेशा आफैंमा गौरवान्वित पेशा भएकाले मुलमर्म र आचारसंहिताको भित्रमा रहेर समाचार सम्प्रेषण गर्न कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभएको छ। आजको साधारणसभामा करिब १०० औं जना बढी विभिन्न मिडियामा आबद्ध संचारकर्मी पत्रकार उपस्थिति रहदा शान्तिपूर्ण तरिकाबाट १४ औं साधारणसभा सफलताका साथ सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१