नेपाल छात्रवृत्ति सम्बन्धि अन्तरक्रिया सखुवानन्कारकट्टी गा.पा.मा

  • बैशाख १३, २०८१
  • ४३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहान द्वारा आयोजित नेपाल छात्रवृत्ति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मोहन पासवाले गरेका थिए भने प्रमुख अतिथि गा.पा. अध्यक्ष केदारनाथ यादव बिशिस्ट अतिथि उपाध्यक्ष निलम यादव अतिथिहरु ३न.को वडाअध्यक्ष भोगेन्द्र यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव लगायत अन्य कर्मचारीहरु, बिभिन्न बिधालयका प्र.अ. सहित सरोकारवाला सहभागीहरु रहेका थिए।

संस्था अध्यक्ष मोहन पासवानका अनुसार यो कार्यक्रम अक्षय कोषवाट संचालित रहेको छ। नेपाल छात्रवृति कार्यक्रम मुलतः USAID को सहयोगमा स्थापना भएको Nepal Children Endowment Fund र सेभ द चिल्ड्रेन US का कार्यकारी प्रमुखले आफना स्वर्गीय छोरीको नाममा स्थापना गरिएको Ansely Rose MacCormack Fund जस्ता दुई वटा अक्षय कोषहरुवाट बार्षिक रुपमा प्राप्त हुने व्याज वाट संचालित कार्यकम हो । 

यो कार्यक्रम पछिलो २० वर्ष १५ वटा जिल्लामा संचालित रहेको थियो। उक्त कार्यकमवाट ५०३७ जना दलित तथा सिमान्तकृत वालवालिकाले छात्रवृति प्राप्त गरी उच्च शिक्षा हासिल गरेका छन । सामाजिक, आर्थिक, विकाशका सुचकहरुमा अत्यन्त कमजोर रहेका तथा शैक्षिक सुचकहरुमा अत्यन्त पछि परेका दलितहरुको जनसंख्या उच्च रहेका तराईका ३ जिल्लाहरु सिरहा, महोतरी, सर्लाही र पहाडका २ जिल्ला जाजरकोट, कालिकोट गरी जम्मा ५ वटा जिल्लाहरुमा यो कार्यक्रम संचालन अवस्थामा रहेको छ बताएका छन ।

उहाँको थप जानकारी अनुसार सर्लाही, कालिकोट र जाजरकोट जिल्लाका लागी छात्रवृति रकम Nepal Children Endowment Fund वाट प्राप्त हुन्छ भने सिराहा र महोतरी जिल्लाका लागी छात्रवृति रकम Ansely Rose MacCormack Fund वाट प्राप्त हुन्छ । सर्लाही, कालिकोट र जाजरकोट जिल्लाका लागी Nepal Children Endowment Fund वाट प्राप्त हुने रकमवाट ६० प्रतिशत छात्रा र ४० प्रतिशत छात्रहरुलाई छात्रवृति वितरण गरिन्छ भने सिरहा र महोतरी जिल्लामा छात्राहरु लाई मात्र छात्रवृति वितरण गरिन्छ। नेपाल छात्रवृती कार्यकम विगत २०१३ देखि २०२७ सम्म रहेको छ । सिरहा जिल्लामा लहान नगरपालिका र सखुवानान्कारकटी गाउँपालिकामा नेपाल छात्रवृती कार्यकम अन्तर्गत १२० जना दलित छात्राहरुलाई सहयोग गरिने हेतुले संचालन गरिएको छ । यो कार्यकम सिरहाका लहान न.पा. र सखुवानान्कारकटी गा.पा. अन्तर्गतका ११ वटा विद्यालय र ८ वटा क्याम्पसमा संचालन रहेको छ।

सन २०१३ मा ५० जना २०१४ मा १२० जना २०१५ मा १२० जना २०१६ मा १०० जना २०१७ मा १०० जना २०१८ मा १०० जना, २०१९ मा १००, २०२० मा १००, २०२१ म १००, २०२२ मा १०० र २०२३ मा १२० जना गरी जम्मा १,११० जना दलित छात्राहरुलाई छात्रवृति प्रदान गरिरहेको छ । हाल २०२३ म पनि १२० जना वालिकाहरु लाइ प्रथम त्रैमासिक किस्तामा रु २,७१,२००। त्रैमाशिक रुपमा छात्रवृति प्रदान गरिरहेको छ। 

बर्षको चार पटक छात्रवृति प्रदान कार्यक्रम रहेको छ । सबै विद्यार्थीको बैंक खाता खोलेको छ खातामा रकम जम्मा गरेको छ । विशेष लक्षित समुह अन्तर्गत कक्षा ६ देखि ८ सम्मका छात्राहरुलाई मासिक रुपमा रु ५०० र कक्षा ९ र १० लाई माशिक रु ६०० र अतिजोखिम समुहका छात्राहरुका लागी कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई मासिक रु ६०० र कक्षा ९,१० लाई रु ७००, कक्षा ११,१२ लाई रु १५००। स्नातक र प्राविधिक लाई रु २१००, स्नातकोतरलाई रु २६०० प्रति महिना छात्रवृति प्रदान गरीरहेको छ । प्रत्येक त्रैमाशिकमा रु २७१२०० गरी बर्षमा रु १०,८४,८००। दश लाख चौरासी हजार आठ सय वितरण गरिरहेको छ । उच्च शिक्षा हासिल गरी राम्रो सिकाईमा उपलब्धि भएको छ । गरिव तथा असहाय बालवालिकाहरुलाई विद्यालय जानमा निरन्तरता भएको छ ।

"नेपाल छात्रवृति कार्यकम" दलित विद्यार्थीहरुको शिक्षा तथा योजना प्रकृयामा सहभागितामुलक पहुँचका लागी स्थानीय सरकार र शैक्षिक सरोकारवालाहरु विच समन्वयात्मक अन्तरकिया कार्यकम २०८१ । स्थान : सखुवानन्कारकटी गा.पा. सभाहल, लहान मितिः २०८१ वैशाख ११ गते उदेश्य : - योजना छनौट प्रकृयामा दलित विद्यार्थीहरुका लागी छात्रवृति तथा दलित अभिभावकहरुको छमता विकासका लागी वजेट विनियोजन गराउन पहल गर्ने । 

स्थानिय स्तरमा वलियो समन्वय सम्यन्त्रको विकास गरी शिक्षा सम्वन्धि काम गर्ने स्थानिय सरोकारवालाहरु र स्थानिय सरकार संग समन्वय, सहकार्य तथा कार्यान्वयनमा सहभागि गराउन । कार्यक्रमको परिचय : नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ विधिवत रुपमा केन्द्रमा २०३९ सालमा स्थापना भई समाज कल्याण परिषदमा दर्ता भएको पहिलो दलित गैर नफा मुलक समाजिक संस्था हो। यस संस्थाले नेपालमा ७५ वटा जिल्लामा शाखाहरु विस्तार गरी विभिन्न समाजिक विकास तथा मानव अधिकारका कार्यक्रमहरु संचालन गरिदै आइरहेको अध्यक्ष पासवानको दावी छ। 

गरिब दलित बालबालिकाहरुको शिक्षामा पहुँच पुऱ्याउने उद्देश्यले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सेभ द चिल्ड्रेन सँगको सहकार्यमा विगत २० वर्ष देखि देशका १५ जिल्लाहरुमा नेपाल छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएकोमा हाल तराईका तीन जिल्लाहरु सिराहा, सर्लाही र महोत्तरी र पहाडका दुई जिल्लाहरु कालीकोट र जाजरकोट गरी पाँच जिल्लाहरुमा सञ्चालन भईरहेको छ । 

विकासका सूचकहरुमा ज्यादै पछाडी परेका दलित समुदायको अवस्था ज्यादै नाजुक रहेको छ । झन यो समुदायका बालबालिकाहरुको विद्यालयमा न्यून भर्ना दर, विद्यालय छोडने दर उच्च, सामाजिक विभेद, नाजुक आर्थिक अवस्था आदि विविध कारणहरुले गर्दा उनीहरुको शैक्षिक स्तर ज्यादै खस्कीएको छ। यी समस्यहरुलाई ध्यानमा राख्दै उनीहरुको शिक्षामा पहुँचका साथै शैक्षिक स्तर उकास्नका लागि विभिन्न उपायहरुमध्ये छात्रवृत्ति पनि एक महत्वपूर्ण उपाय पनि हो। 

यस संस्थाले नेपाल छात्रवृति कार्यक्रम सिरहा जिल्लामा संचालन गर्दा लहान नगरपालिका र सखुवानान्कारकटी गा.पा. मा संचालन अवस्थामा छन । सिरहा जिल्लाका लहान नगरपालिका र सखुवानान्कारकटी गाउँपालिका अन्तर्गत दलित, गरिव तथा सिमाङकृत वालवालिकाको शिक्षामा पहुँच बढाउने उदेश्यले Save The Children संगको प्राविधिक साझेदारीमा सन १९९२ देखि नेपाल छात्रवृति कार्यक्रम संचालन गरिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१