लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने : मेयर महेश प्रसाद चौधरी

  • वैशाख ११, २०८१
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने लहानका मेयरले मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । हरेक आन्दोलनमा लहानले इतिहास रचेकोले लहानको हरेक क्षेत्रमा बिकास गर्न ध्यान दिनुपर्छ किनभने उपमहानगर पालिका हुनुपर्नेमा लहान नगरपालिका मै सिमित रहेको छ । 

जुन हिसाबले लहान नगबासिले कर तिर्छ त्यो अनुसार प्रदेश सरकारबाट सुबिधा पाइराखेको छैन भने कुरा लहान एक्स्पो समापन कार्यक्रमको प्रमुख अतिथि सरोज कुमार यदबलाइ मेयर महेश प्रसाद चौधरीले ध्यानाकर्षण गराएकोछ । लहान एकस्पो पुर्णरुपमा सफल भएको छ । यो एकस्पो फाइदामा मात्र भएको छैन अक्षरा सिंह र प्रीती पासवानको कार्यक्रमको दिन स्थानिय ब्यापारिले लखौको ब्यापार गरेको कुरा लहान एक्स्पोको समापन कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारदाले जानकारी गराए को छ ।

यो एक्स्पोको मुख्य उपलबधि लहानको बिकास रहेको समेत सारदाले जनएको छ । इतिहास रचन सफल रहेको यो एक्स्पोको हरहिसाब अडिट गरि चुस्त्दुरुस्त तरिकाले पत्रकार सम्मेलन मार्फत सार्वजानिक गर्ने र फाईदामा रहेको समेत बिकास सारदाले मन्चमा नै भने ।

समापान कार्यक्रमको प्रमुख अतिथी सरोज कुमार यादवले भने बलानले जग्गा कटान समस्या समधान र अस्पताल लगायतमा सहयोग गरेकै हो र नया अस्पताल लहानमा थपेर हरेक बिकास क्षेत्रमा मुख्य मन्त्रीको ध्यान लहानमा रहने आस्वासन दिए । लहानका उधोगपती अन्य प्रदेशमा उधोग बिस्तार गरेको छ तर आफ्नो ठाँउ लहानमा उधोग बिस्तार गर्न सरोकारलाई के गर्नुपर्छ त्यो सुबिधा दिनको लागि ततपर रहने कुरा मुख्य मन्त्री सरोज कुमार यादबले लहानका घनघोर उधोगपती पशुपती शारदालाइ हिम्म्त दिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१