Siraha Times
ताजा समाचार

लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने : मेयर महेश प्रसाद चौधरी

  • वैशाख ११, २०८१
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने लहानका मेयरले मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । हरेक आन्दोलनमा लहानले इतिहास रचेकोले लहानको हरेक क्षेत्रमा बिकास गर्न ध्यान दिनुपर्छ किनभने उपमहानगर पालिका हुनुपर्नेमा लहान नगरपालिका मै सिमित रहेको छ । 

जुन हिसाबले लहान नगबासिले कर तिर्छ त्यो अनुसार प्रदेश सरकारबाट सुबिधा पाइराखेको छैन भने कुरा लहान एक्स्पो समापन कार्यक्रमको प्रमुख अतिथि सरोज कुमार यदबलाइ मेयर महेश प्रसाद चौधरीले ध्यानाकर्षण गराएकोछ । लहान एकस्पो पुर्णरुपमा सफल भएको छ । यो एकस्पो फाइदामा मात्र भएको छैन अक्षरा सिंह र प्रीती पासवानको कार्यक्रमको दिन स्थानिय ब्यापारिले लखौको ब्यापार गरेको कुरा लहान एक्स्पोको समापन कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारदाले जानकारी गराए को छ ।

यो एक्स्पोको मुख्य उपलबधि लहानको बिकास रहेको समेत सारदाले जनएको छ । इतिहास रचन सफल रहेको यो एक्स्पोको हरहिसाब अडिट गरि चुस्त्दुरुस्त तरिकाले पत्रकार सम्मेलन मार्फत सार्वजानिक गर्ने र फाईदामा रहेको समेत बिकास सारदाले मन्चमा नै भने ।

समापान कार्यक्रमको प्रमुख अतिथी सरोज कुमार यादवले भने बलानले जग्गा कटान समस्या समधान र अस्पताल लगायतमा सहयोग गरेकै हो र नया अस्पताल लहानमा थपेर हरेक बिकास क्षेत्रमा मुख्य मन्त्रीको ध्यान लहानमा रहने आस्वासन दिए । लहानका उधोगपती अन्य प्रदेशमा उधोग बिस्तार गरेको छ तर आफ्नो ठाँउ लहानमा उधोग बिस्तार गर्न सरोकारलाई के गर्नुपर्छ त्यो सुबिधा दिनको लागि ततपर रहने कुरा मुख्य मन्त्री सरोज कुमार यादबले लहानका घनघोर उधोगपती पशुपती शारदालाइ हिम्म्त दिएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१