ताजा समाचार

समाजसेवी यादवद्वारा यज्ञमा गम्छा र सारी वितरण

  • वैशाख ९, २०८१
  • १९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ९ वैशाख । मधेश प्रदेश सिरहा जिल्लाको दक्षिणी सिमाक्षेत्र संग जोडिएका नवराजपुर गाउँपालिकामा तारा झैँ उदाएका सरल सलिन युवा जसले निस्वार्थ भावनाका साथ अघि बढिरहेको कुरा यहाँहरुलाई अवगतै होला यदि छैन भने यहि संदेश मार्फत बुझ्नु पनि जरुरी देखिन्छ खास गरी यसै भेगका युवावर्गहरुका लागी वर्तमानमा उनि न त कुनै सरकारी पैसा खान्छन न त कुनै जागीर नै छैन तर पनि ययहाँका समुदायका लागी सदैव तत्पर रहने सरल स्वाभावका व्यक्तित्व युवा हुन् राम सुरेश यादव ।

नवराजपुर गाउँपालिका नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा गाउँपालिका हो । नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनरुप साविकका भगवतीपुर, मझैरा र नवराजपुर गाउँ विकास समितिहरूलाई गाभिएर नवराजपुर गाउँपालिका गठन भएको हो । नवराजपुर गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेको छ । 

हाल गाउँपालिकाको प्रशासकीय कार्यालय नवराजपुरको हुलाकी राजमार्गको दक्षिण तर्फ २००मी. मा रहेको छ । नेपालको जनगणना २०२१ अनुसार यस गाउँपालिकामा कुल १९०१९ जनसंख्या रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ३२.१८ व.कि.मी रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती र भाषा-भाषी सामुदायका मानिसहरु वसोबास गरिरहेको छ । यस गाउँपालिकाका गाउँबासीहरुको जीविकोपार्जनका मुख्य पेशा कृषि, व्यापार र उद्योग पशुपंक्षी पालन रहेको छ । यस गाउँपालिकाको उत्तरमा सखुवानान्कारकट्टी गाउँपालिका, पश्चिमतिर बरियारपट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका दक्षिणमा छिमेकी देश भारत रहेका छ भने पूर्वमा भगवानपुर गाउँपालिका पर्दछ । 

यहि गाउँ पालिका अन्तर्गत पर्ने फुलवरियाबाट उभरिएका युवा राम सुरेश यादव एकदमै मनकारी प्रत्यासी युवा नेता पनि हुन् पछिलो समय यादव सामाजिक कार्यमा दिलचस्पी देखाउने सामाजिक अभियन्ताको नामले चिनाउन सफल हुदैछ । समाजका समस्यालाई आफ्नै समस्याको रुपमा लिने यादव हिजो नवराजपुर गा पा.३ दोनवारी टोलमा भएको यज्ञमा भजन किर्तन गर्न आएका योगी महात्मा, मण्डलीहरुलाई आफ्नै व्यक्तिगत लगानीमा सामाजिक रित पहिरन अनुसार पुरुष मण्डलीहरुका लागि गम्छा र महिला मण्डलीहरुका लागि सारी सहयोग गरि पालिका तथा यस टोलबासिहरुका लागि प्रार्थना समेत गरेका छ साथै ९ दिनसम्म चल्ने यस यज्ञ  पाल्नु हुनेसम्पूर्ण मण्डली तथा साधु महात्मा सहित जेष्ठ नागरिकहरुलाई समान गर्ने प्रतिबद्धता युवा नेता यादवले जनाए   ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤