नेपाल आयुर्वेद औषधी ब्य. संघ सिरहाद्वारा निःशुल्क पानी तथा औषधी वितरण

  • बैशाख ३, २०८१
  • ६५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ०३ वैशाख ।नयाँ वर्ष २०८१ को शुभ अवसरमा लाग्ने सिरहाको लहान नगरपालिका १२ स्थित फुलवारी मेलामा नेपाल आयुर्वेद व्यवसायी संघ सिरहा तथा सिरहाटाइम्सको संयुक्त सहकार्यमा निशुल्क खानेपानी तथा आयुर्वेद औषधी वितरण गरिको छ । आयुर्वेद व्यवसायी संघ सिरहाका अध्यक्ष प्रिय रंजन उपाध्याय लगायत NADA पदाधिकारी र सिरहा टाइम्स सहितको टोलिको अथक प्रयास पछि यो कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो । देशमा जहा मानिस अंग्रेजी औषधीले बिरामी निको हुनुभन्दा झन् बिरामी हुदै गर्दा यस आयुर्वेद औषधीले सहज भएको देखेर म नेपाल आयुर्वेद औषधी व्यवसायी संघ सिरहाका अध्यक्ष भएको हुनाले यस्ता सेवा दिन आतुर भएको छु अध्यक्ष बैद्य उपाध्यायले जनाएका छन।

May be an image of 10 people, dais, temple and text

हुन् त एउटा डाक्टर काम नै यहि हो मानव सेवा गर्नु त्यही अन्तर्गत हिजो यस जिल्लाकै पर्यटकिय स्थल सलहेस फुलवारी मेलामा निशुल्क पानी तथा आयुर्वेद औषधी वितरण गरिएको छु अध्यक्ष उपाध्यायको दाबी छ। हाल यस संघमा आबद्ध अध्यक्ष प्रीय रन्जन उपाध्यायले लहानमा उपाध्याय नामक आयुर्वेद फार्मेसी र सचिव डा. उमेश साहले हरी कल्याण नामक आयुर्वेद संस्था संचालनमा ल्याइ जनमानसमा सेवा प्रवाह गर्दै आइरहेका छन।

May be an image of 6 people and text that says 'ㅠ Geloy िलोय गलीय teisi लता t स्वागतम बैद्नाथ भरोसा 200 वर्ष को'

फुलवारी मेलामा आउने दर्शनार्थीहरुलाई सहजताका साथ निशुल्क पिउने पानी तथा आयुर्वेद औषधी सिरहाटाइम्स डट कमको विशेष सहकार्यमा हिजो वैशाख १ का दिन बिहान एक कार्यक्रम गरि वितरण गरिएको उक्त कार्यक्रमको उद्दघाटनमा प्रमुख अतिथि मधेस प्रदेश पर्यटन विकास मन्त्रि सुनिता यादव बिशिस्ट अतिथिहरु लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी उप-मेयर राम चलितर महतो,वडा न. १२ का वाडाअध्यक्ष बद्रि चौधरी, वडा न. २० का गणेश चौधरी,पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता ,सचिब शिव दयाल यादव रहेका थिए।

May be an image of 6 people, temple and text that says 'Gelay स्वागतम् नैद्नाथ १००पभरोस वर्ष को भरोसा १००প 100'

अतिथिहरु कान्तिपुर टेलीभिजनका सिरहा सहकर्मी बिनय यादव, मिता एफ.एम. प्रतिनिधि यमुना खनाल, शेख मिडिया हाउस सन्चालक फिरोज शेख लगायत बिभिन्न मेडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रम प्रस्तुता यस संघका मधेस प्रदेश उपाध्यक्ष रोहित चन्द ठाकुर रहेको थियो।

May be an image of ‎text that says '‎खुागत गतमा नि :शुल्क आयुवेंद स्वास्थय शिविर आयोजक 쌈 नेपाल आयुवेंद औषधि व्यवसायी संघ जिल्ला कार्य समिति सिरहा, लहान 피로브마더! ថ្ ಹಾೆಡಿ हिरਾਰ Baldymnath रालद्य्य- World's Largest manufacturer Ayurvedie Samporan Chyawanprash SamporanChyawanprashWahl. Wahl, Jiski Vidhi Sahi World's Largest Manufacturer of Ayurvedic Medicines Baidyanath WELCOME DELEGATES سحرد च्वनप्राश NAINI बैद्यनाथ ®‎'‎

May be an image of 9 people, temple and text

May be an image of 11 people, people smiling, temple and text

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१