Siraha Times
ताजा समाचार

सिरहामा वडा स्तरीय बालअधिकार संरक्षण समिति गठन

  • वैशाख ९, २०८१
  • ७३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास , लाहान ९ बैशाख । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदह वडाकार्यालयको सभाहालमा वडा स्थरीय बाल संरक्षण समितिद्वारा विभिन्न सरोकारवालाहरुको उपस्थितिमा गठन गरीएको छ । मुक्ति नेपाल र वडा नम्बर ३ को सहकार्यमा आयोजना गरीएको छ उक्त कार्यक्रममा बालविवाह मुक्त नगरपालिका अभियान संचालन गर्न बनाइएको निर्देशिका २०६७ को निति ऐन र सुचकहरु पुरा गर्न छलफलमा विभिन्न सरोकार वालाहरुले आ-आफ्नो भनाई राखेका थिए । साथै बालविवाह ,बालश्रम , र बाल संरक्षण कालागि गोलबजार ३ मा ११ सदस्य वडा स्तरीय बाल संरक्षण समिति गठन गरीएको छ ।

जसमा शिक्षक , जनप्रतीनिधि , स्वास्थ्यकर्मी , समाजसेवी , बालक्लक र किशोरी समुहबाट एक एक जना, ईलाका प्रशासन कार्यालय प्रतिनिधि समेतलाई समेटीने गरी समितिमा बाल संरक्षण समितिका संयोजकको रुपमा, वेचन साह (वडा सदस्य) र सदस्यहरुमा , बसन्ती श्रेष्ठ(वडा सदस्य महिला),श्री बती सदाय(वडा सदस्य महिला), अरुण कुमार साह (प्र.अ.श्री सरस्वतीमा.वि.), डम्बर सुनुवार (प्र.अ. श्री आधारभुत विद्यालय), कालुमानश्रेष्ठ (समाजसेवी), नवीन कुमार यादव(बालक्लबअध्यक्ष), काजल कुमारी साह(किशोरी समुह), शान्ति कुमारी चौधरी (स्वास्थ्य शाखा), राजीव यादव(ई. प्र. कार्यालय गोलबजार), र मीमबहादुर पाख्रीन (सदस्य सचीव)रहेका छन् ।

१६ वर्षमा नागरिक्ता पाउने र १८ वर्ष पुरा गरे पछि मतदानगर्न र विदेश जानपाउने अधिकार रहेको छ भने, बिहे गर्ने उमेर २० वर्ष तोकेको छ , यस प्रति अभिभावक सचेत भए पनि किशोर किशोरी हरु आफु खुशि प्रेम विवाह वा भागि विवाह गर्दै आएकोले बालविवाह बढेको देखिन्छन् त्यसैले विवाह गर्ने उमेर १८ वर्ष नै राख्दा राम्रो हुने थियो , कार्यक्रममा सहभागि समाजसेवी शिवराम ठाकुरको भनाई थियो । त्यस्तै बाल संरक्षण समितिको एकदमै आवश्यकता रहेको र कोही जानी जानी बालविवाह गरेको छ भने त्यसलाई समयमै सचेत गराउन र साकारात्मक तरीकाबाट बालविवाह, बालअधिकार हनन्का सवालमा विभिन्न वडामा यो संमिति गठन गरी त्यहाँ त्यस्ताखालका घटना घट्नु अगाडी नै त्यसको रोकथाम गरी बालविवाह, हिंसा, विभेद हरु कम गर्न सकिन्छ र नवगठित समितिलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न कहाँ सहयोग चाहिन्छ त्यसकालागि मुक्ति नेपाल साथै वडा पनि तैयार रहेको मुक्ति नेपालका कार्यक्रम अधिकृत विशेश्वर दासको भनाई थियो भने, गोलबजार न. पा. ३ का वडा अध्यक्ष धन प्रसाद लामाले त्यसकालागि चाडै कार्ययोजना तयार गरी आवश्यक्ता अनुसार केही निति नियम पनि बनाई हामी सबै आआफ्नो जिम्मेवारी निर्वाह गर्ने छौं र कहीं कतै जानीजानी गलतका साथ दीइएको पाइएमा कानुनबमोजिम सजायको भागिदार हुनेछौं भन्दै कार्यक्रम समापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१