अधिकृत श्रीवास्तव र मेसु तात्वाद्धारा गरिएको अवैधानिक नियुक्ती बारे अख्तियारले थाल्यो अनुसन्धान

  • बैशाख ६, २०८१
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट संजु दास तात्वाले अवैधानिक तरीकाले कर्मचारी नियुक्ती गरी घुसको मामिलामा आतंक नै मच्चाएको समाचार यस अनलाईनमा प्रकाशन भए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले छानबिन प्रक्रिया अगाडि बढाएको छ । “भ्रष्टाचार विरुद्धको सहकार्य ः सुशासनका लागि अपरिहार्य” मुल नाराका साथ स्थापित अख्तियारको कार्यालयले एक हप्ता अगाडि पोखरिया नगरपालिकामा एक पत्र पठाउदै बिना सूचनाको आधारमा नगरपालिका र अस्पतालमा कर्मचारी नियुक्ती गरेको सन्दर्भमा विज्ञापन÷सूचना लगायतका सम्बन्धित सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपि १५ दिन भित्रमा पेश गर्न पत्र पठाईएको अख्तियार स्रोतले जनाएको छ ।

कमिशनको मामिलामा आतंक नै मच्चाएका भ्रष्ट अधिकृत श्रीवास्तवले सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्रीलाई भेटी चढाउदै आफ्नो म्याद आगामी अषाढ मसान्तसम्म थप गराउन सफल भएका छन् । भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब तीन महिना अगाडि नगरपालिकामा बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकामा कम्प्यूटर अपरेटर र सुपरवाईजरको पद रिक्त नभए पनि मधु पाण्डे, अमित चौहान, संदिप साह गोढ, सरोज चौहान, लोकेन्द्र साह कानु लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई अधिकृत श्रीवास्तवले नियुक्ती गरेको स्रोतको कथन रहेको छ ।

२ जना कर्मचारी मेयर चौहानको नजिकको रहेकोले सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी रहेको छ । बिना सूचनाको भर्ना भएका कर्मचारीहरु नेपाल सरकारको चौथो तहको तलब सुविधा खाने स्रोतको भनाई रहेको छ । यति मात्र होईन, पोेखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट संजु दास तात्वा सँग अधिकृत श्रीवास्तवले मिलोमतो गरी बिना सूचनाको करिब ५ दर्जन कर्मचारीहरु अस्पतालमा नियुक्त भएको अस्पताल स्रोतको भनाई रहेको छ । प्रत्येक कर्मचारी सँग कम्तिमा २ लाख र बढीमा ४ लाख सम्म अधिकृत श्रीवास्तव र मेसु तात्वाले करोडौं रकम असुली तात्वाले केही आफ्ना नातागोता कर्मचारीहरुलाई अस्पतालमा खटाए पनि केहीलाई नखटाउँदा सो अस्पतालमा बवाल नै हुने स्थिती उत्पन्न भए पछि कैयौंले आ–आफ्ना रकम फिर्ता माग गरिरहेको स्रोतको कथन रहेको छ । केही कर्मचारीमा मेसु तात्वाले आफ्ना भाई संजिव दास तात्वालाई ल्याब सहायक र सालीलाई अन्य पदमा भर्ना गरी कार्यमा खटाई सकेको ती स्रोतको भनाई रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र आएपछि आफुलाई बच्नका निमित्त अधिकृत श्रीवास्तव र मेसु तात्वाले अस्पतालको कर्मचारी सम्बन्धी सूचना एक पत्रिकामा गोप्य रुपले पुरानो मिति राख्न लगाई करिब तीन दिन अगाडि छपाएको स्रोतले जनाएको छ । अख्तियारको पत्र पोखरिया नगरपालिकामा प्राप्त भए पछि बँच्नका निमित्त श्रीवास्तव र मेसु तात्वा मिली नक्कली प्रमाणहरु खडा गर्न दिनरात प्रयासरत्त रहेको ती स्रोतको भनाई रहेको छ । कम्बल ओढेर घ्यु खादै आएका अधिकृत श्रीवास्तव र मेसु तात्वाको अनियमित्ता सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अगाडि बढाएकोमा पोखरियावासीहरु हर्षित भएका छन् । बितेको होली पछाडि निमित्त अधिकृत श्रीवास्तवले पोखराको भ्रमणमा रासलिला गरेको सार्वजनिक भए पछि पोखरिया नगरपालिकामा चर्चाको विषय बनेको थियो ।

सोही विषयलाई लिएर मंगलबार ४ गते पोखरिया नगरपालिकाको बसेको बोर्डको बैठकमा उपमेयर रुबी ठाकुरले श्रीवास्तवको पोखराको भ्रमण प्रमाणित भए पछि जुत्ताको माला लगाएर बिदाई गर्ने मेयर प्रद्युमन चौहानले भन्नु भएकोमा सो कार्य कहिले हुने हो ? उपमेयर ठाकुरको जिज्ञासामा चौहानले मैले त्यस्तो कुरा नभनी नगरपालिकाबाट बिदाई मात्र गर्ने कुरा भनेको जवाफ दिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताए । सो बैठकमा मेयर चौहानले ५ बजे पछाडि कुन कर्मचारी के गर्छन ? कहाँ जान्छन ? त्यसको लेखाजोखा हामीले नगर्नु पर्ने तर्क राख्दै जिम्मेवारीबाट पन्छिन खोजेको ती जनप्रतिनिधिले गुनासो गरे ।

अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिका तनहुँमा कार्यरत्त रहँदा भ्रष्टाचारकै कमाईबाट पोखरा र वीरगंजको मुर्लीमा आलिशान महल ठड्याउन सफल भएका छन् भने वीरगंज, कलैया, सिमरा, हेटौंडा लगायतका ठाउँहरुमा कैयौं घडेरीहरु आफ्ना आफ्न्तहरुको नाममा किन्न सफल भएको उनका निकटवर्तीहरु बताउँदछन् । भ्रष्टाचारको मामिलामा सिपालु मानिएका अधिकृत श्रीवास्तवको कारण पोखरिया नगरपालिका हरेक हिसाबले घिनाईसक्दा पनि मेयर चौहान चुप्पी साधेर बस्नुले उनलाई पोखरियावासीहरुले राम्रो भनेर जिताए पनि हालको परिस्थितिमा “नराम्रो मेयर” भन्दै दाँतले औला टोक्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस

पर्सा प्रहरी प्रशासन ...

रंजित चौरसिया,वीरगंज १८ बैशाख। पर्सा प्रहरी प्रशासनको संरक्षणमा अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटे ...

पोखरियाका अधिकृत श्र ...

रंजित चौरसिया  वीरगंज १८  बैशाख। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासक ...

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१