Siraha Times
ताजा समाचार

समुदाय - प्रहरी साझेदारी कार्यक्रम सखुवामा

  • वैशाख १०, २०८१
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी मुल नाराका साथ ईलाका प्रहरी कार्यालय महेशवारीको प्रमुख सै श्यामलाल मण्डल द्वारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर क्राइम, घरेलु हिंसा र लागुऔषध नियन्त्रण सम्बन्धि एक दिने तालिम सम्पन्न भएका छन।

हाल समुदाय स्तरमा देखिएका बिभिन्न बिकृतिहरुलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चालेको यो कदम एकदमै सराहनीय काम रहेको देखिन्छ। यस कार्यक्रममा गाउँ भरीका किशोर, युवा र अभिभावकहरुलाई समेटेर संचाल गरेको साकारात्मक रहेको समुदायको बिश्वास रहेको पाइएको हो। खासगरी किशोर र युवाहरु लतमा फसेर बिभिन्न बिकृतिमा फसेर समुदाय स्तरमा बिभिन्न हिंसक घटनाहरु घटाइ रहेका छन। समाज अस्तव्यस्त भैरहेका छन। हरेक ब्यक्तिको बिना कारण अर्थको नास भैरहेको अबस्था छ। समाजिक सन्जाल दुरुपयोग भैरहेको छ। वालविवाह, दाइजो प्रथा उग्ररूप लिइ सकेको छ।यी सम्पुर्ण समस्याको समाधान हेतु नेपाल प्रह्रीले चालेको यो कदम गाउँ टोल बस्ति सम्म पुर्याउन जरुरी रहेको देखिन्छ।

प्रहरी हाम्रो साथी हो भने कुरा जान्न समुदाय स्तरमा यस्तो कार्यक्रम चल्नु निकै उपयोगी मात्रै हैन यस्ले गर्दा सरकार र समुदायको सुचना आदानप्रदान गर्ने मुख्य बाटो सहक हुन सक्छ त्यसकारण हरेक स्थानीय तहले यसलाई गम्भीरता पुर्वक लिन जरुरी समेत देखिएको छ। कार्यक्रम चलाउदै गर्दा सै मण्डलको प्रस्तुति हेर्दा यदि यस्तै कार्यक्रम स्थानीय तहको समन्वय र सहकार्यमा हरेक बिधालयमा बिद्यार्थी र अभिभावक सहित भेला गरेर संचालन हुन सक्यो भने समुदायको स्तर उन्न्ति बढ्नुको साथै समाजमा बसोबास गर्ने आम नागरिकले शान्तीको अनुभुति गर्ने छ सहभागीहरुले बताएका छन।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१