सिरहामा चिट् चोरी रोकिएन, पत्रकारमाथी दुव्र्यवहार

  • चैत्र १४, २०७५
  • १२२० पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान १४ चैत्र । सिरहाको हनुमानप्रसाद शारदा मावि इनर्वा भगवानपुरको एसइई परीक्षा केन्द्रमा रिर्पोटिँगको लागि गएका दूई पत्रकारमाथी स्थानीय केही व्यक्तिले दुव्र्यवहार गरेको छ । आज विहीवार विज्ञान विषयको परीक्षा चल्दा बाहिरबाट चिट् पुर्याउँने गरेको फोटो पत्रकारद्धय गणेश साह र जयनाथ यादवले खिचेका थिए । स्थानीय केही व्यक्तिले फोटो खिच्न अबरोध गर्दै हातपात गर्ने प्रयास गरी दुव्र्यवहार गरिएको छ । खिचिएको फोटो स्थानीय व्यक्तिहरुले घेरा हाली हुलहुजत गर्दै क्यामरा खोसेर खिचिएको फोटो डिलेट गर्न लगाएको छ । साथै ढेड घण्टासम्म पत्रकारद्धय साह र यादवलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रण रहेको अवस्थामा त्यहाँ स्थित सशस्त्र प्रहरीको सहयोगमा मुक्त गराइएको छ । सो विद्यालयमा नवराजपुर र भगवानपुरका परीक्षार्थीहरुको परीक्षा केन्द्र रहेको छ । परीक्षा केन्द्रमा परीक्षा चलिरहेको अवस्थामा समेत सुरक्षा गार्ड बाहिर नरहेकोले केही अभिभावक र शिक्षिकहरुले चिट् चोर्न कुनै रोकटोक थिएन । सो परीक्षा केन्द्रको लागि ठाडी प्रहरीलाई खटाइएको छ भने सुरक्षा व्यवस्था फितलो रहेको छ । प्रश्नपत्र बाहिर ल्याएर प्mलाप बनाएर परीक्षार्थी पुर्याइरहेको अवस्थामा पत्रकारद्धयले फोटो खिचेकोवारे जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितसंग सम्पर्क गर्दा —‘हामीलाई जानकारी गराएकोमा धन्यवाद छ । हामी तुरुन्त त्यस विद्यालयको वारेमा जानकारी लिएर आवश्यक कारवाहीतर्फ लाग्ने छु ।’ उहाँले बताउँनुभयो । पत्रकारद्धय साह र यादवलाई गुण्डा प्रवृतिका व्यक्तिहरुले गरिएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासँघ सिरहाले घोर भत्र्सना गर्दै त्यस्ता दोषीहरुलाई यथाशिघ्र कारवाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१