नेका नगरकमिटिले मध्यमा परिक्रमा विश्राम स्थलहरुको अध्यन अवलोकन भ्रमण गर्ने

  • चैत्र ३, २०७५
  • ७५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत ३ नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले १५ दिने मध्यमा परिक्रमा विश्राम स्थलहरुको अध्यन अवलोकन भ्रमण गर्ने भएको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले आईतवार एक पत्रकार सम्मेलनको आयोजना गरि चैत ५ गते बिहान ६ बजेदेखि अध्यन अवलोकन गर्ने जनाएको छ । जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने उद्देश्यले हुन लागेको सो अवलोक हनुमान नगरबाट शुरु भई १५ दिने मध्यमा परिक्रमा सम्पुर्ण विश्राम स्थलहरुको अवलोकन गर्ने जनाईएको छ । भ्रमण कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, महोत्तरीको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन , पर्वता, धनुषाधाम, सतोषर, औरही र विसौल हुदैं पुन ः जनकपुर पुगी सम्पन्न हुने छ । अध्यन अवलोकनमा संयौको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत स्थानीयहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जनाईएको छ । कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस जनकपुरधाम नगर समिति सभापति मनोज साहले सबैलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रफुल्ल राज घिमिरे , गणेश तिवारी , पुर्व नगर अध्यक्ष धिरेन्द्र मोहन झा , गणेश झा , गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठ सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१