परिक्रमामा सहभागीहरुलाई सबैलामा भव्य स्वागत

  • चैत्र २, २०७५
  • ९४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत , २ १५ दिन मिथिला मध्यमा परिक्रमाक डोला शनिवार सबैला नगरपालिकाको सतोषर पुगेको छ । परिक्रमामा सहभागीहरुलाई सबैला नगरपालिकाका नगर प्रमुख विजय शंकर साहले भव्य स्वागत गरेको छ । साहले परिक्रममा सहभागीहरुको सुविधालाई ध्यानमा राखी बास , शौच र प्राथमिक उपचारको समेत व्यवस्था मिलाईएको जनाएको छ । धनुषाको कचुरी मठबाट सुरु भएको परिक्रमा हनुमानगढी हुदै भारतक कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, महोत्तरीको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन धनुषाक पर्वता, धनुषाधाम, सतोषर, औरही र विसौल परिक्रमा डोला पुग्ने गरेको छ । अन्तिम दिन जनकपुरधाम पुगी अन्तगृह परिक्रमा गर्दै परिक्रमा सम्पन्न हुने गरेको छ । शताब्दीयौँदेखि पवित्र भूमि जनकपुरको श्रद्धापूर्वक परिक्रमा गर्ने चलनअनुरुप मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो । यस अघि पाँच दिने परिक्रमाअन्तर्गत कल्याणेश्वर, गिरिजास्थान, क्षिरेश्वर, धनुषाधाम र फेरि कल्याणेश्वर पुगी अन्त्य हुने गरेकामा १५ दिने परिक्रमाअन्तर्गतसञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा राम र सीताका मूर्ति सजाएर राखिएको हुन्छ जसले सम्पूर्ण परिक्रमा पथको नेतृत्व गर्दछ । परिक्रमामा सहभागी भएमा दुःख कष्टबाट मुक्ति हुने विश्वास रहेका कारण परिक्रमामा लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१