राराव क्याम्पसको पुस्तकालयमा बजेट अभाव ६९ हजार पुस्तक संरक्षण विहिन

  • फाल्गुन २९, २०७५
  • ११४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नेहा झा जनकपुरधाम, फागुन २७ । जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्ताकालयमा बजेट तथा कर्मचारी अभावका कारण पुस्तकालय प्रयोग विहिन अवस्थामा पुगेको छ । प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्नका लागि आउने बजेट नै बन्द गरिएपछि पुस्तकालय नै प्रयोग विहिन अवस्थामा पुगेको हो । राराव क्याम्पस अधिनस्थ रहेको सो पुस्तकालयका लागि प्रत्येक वर्ष शिक्षा मन्त्रालयले एक लाख बजेट उपलब्ध गराउँदै आएको थियो । तर वि.सं २०५० सालपछि एक रुपैया पनि सरकारी स्तरबाट लगानी नहुँदा पुस्तकालय व्यवस्थापन गर्न कठिनाई भईरहेको पुस्तकालयका कर्मचारी बिन्दे साहले बताए । पुस्तकालय चलाउनका लागि जम्मा ८ जना कर्मचारी त्यहाँ कार्यरत छन् । ४ जना बिहानको सिफ्टमा काम गर्छन् भने ४ जना दिउँसोको सिफ्टमा काम गर्दै आईरहेका छन् । ८ जना कर्मचारीले पुस्तकालय चलाउन सहज नभएको शर्माको भनाई छ । २०५० सालसम्म कुल १७ जना कर्मचारी रहेकोमा अहिले पुस्तकालय ८ जना कर्मचारीमा सीमित भएको छ । कर्मचारीहरु ऋवकाश प्राप्त गरेपछि त्यसको पदपुर्ती नहुँदा कर्मचारी अभाव समेत भएको छ । पुस्तकालय व्यवस्थापनका लागि कुनै निकायले चासो नदेखाएपछि त्यहाँ रहेका पुस्तकहरु समेत संरक्षण विहिन बन्दै गई रहेको छ । राराव क्याम्पसको सो पुस्तकालयमा ६९ हजार ५ सयभन्दा बढी पुस्तकहरु रहेका छन् । पुस्तकालयमा ४ वटा वेदका साथै धार्मिक पुस्तकहरु, ईतिहास, भूगोलका ऐतिहासिक पुस्तकहरु रहेका छन् । यसका साथै एकसय वर्षसम्मका लागि प्रयोग गर्न मिल्ने पंचांग समेत खेर जाने अवस्थामा रहेको छ । झण्डै ४० वर्ष अगाडि छापिएको सो पंचांग दुर्लभ नै बनेको छ । सो पंचांग विशेष गरेर ज्योतिष पढनेहरुका साथै र कुण्डली निर्माण गर्नेहरुका लागि उपयोगी सावित हुन सक्छ । पुस्तकलयमा कतिपय दुर्लभ पुस्तकहरु क्याम्पसका कर्मचारीहरुले नै घर लगेपछि फिर्ता नगर्ने गरेको त्यहाँका कर्मचारीहरुको आरोप छ । पुस्तकालयमा आन्तरिक स्रोतबाट मात्रै पुस्तक किन्ने गरिएको छ । वर्षमा करिब ३ लाखको पुस्तक खरिद गर्ने गरिएको पुस्तकालयले जनाएको छ । २०१६ सालमा स्थापना गरिएको सो पुस्तकालयबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढी विद्यार्थीहरुले पुस्तक लाने गरेका छन् । पुस्तकालयमा विद्यार्थीहरुमा पढने संस्कृतिको अभाव भएको र पहिले जस्तो पुस्तकालय प्रति विद्यार्थीहरुको रुची नदेखिएको पुस्तकालयका अर्का कर्मचारी राधाकान्त झाले बताए । उनका अनुसार पहिला पहिला विद्यार्थीहरु प्रिफेन्स पुस्तकहरु समेत लाने गर्थे तर अहिले आएर कोर्स वाहेक अन्य पुस्तक तर्फ उनिहरुको चासोसम्म छैन । पहिला विद्यार्थीहरु घण्टौ सम्म पुस्तकालयमा बसेर पुस्तक पढने गरेको भएपनि अहिले पुस्तकालय विद्यार्थी विहिन बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१