फुलवारीबाट निस्किएको पानीले सितापुर जलमग्न, मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल

  • फाल्गुन २, २०७५
  • १४३९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २ फागुन । सिरहाको लक्ष्मीपुर पतारी ६ सितापुरमा खेतीमा पानी जमेर कृषकहरु समस्यामा परेका छन् । बर्षातको समय नभएपनि लहान २२ सिसवनी स्थित रहेको सलहेश फुलवारीबाट निस्किएरको पानी जहदी , धन्छवार, सलौखर, सितापुरलगायत दक्षिणीक्षेत्रको खेती जलमग्न भएको छ । फुलवारीक्षेत्रमा जमिनबाट आफै निस्किने पानीको उचित व्यवस्थापन नभएकोले दक्षिण ग्रामिणक्षेत्रमा रहेको खेतमा लगाएको बाली डुबेको अवस्थामा पुगेको वडा सचिव फेकु यादव बताउँछन् । खेतीमा रोकिएको पानीले नगदेवाली तथा तरकारी खेतीमा क्षति पुगेको छ । पानीको व्यवस्थापन गर्न स्थानीयले गाउँपालिका र वडा कार्यालयलाई पटक पटक भन्न सुन गरेका छन् ।

पानीलाई व्यवस्थापन गर्न बुधवार जनप्रतिनिधि र स्थानीय कृषकवीच छलफल गरिएको छ । तर, यसको ठोस निकास नपाएकोले कृषकहरु आक्रोशित भएका छन् । यो समस्या एक पटकको लागि नभएर पटक पटक हुने गरेकोले स्थानीयतहका जनप्रतिनिधिहरुले ठोस योजना ल्याउँन समय लाग्ने जिकिर गर्छन् । यसलाई व्यवस्थापन गर्नको लागि अन्य खेतीतर्फ डोर्याउँन व्यवस्थित नहरको आवश्यकता रहेको छ । योसँगै अन्य खेतीतर्फ सिँचाई हुने आधार रहेको छ ।

मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल

Image may contain: 2 people

मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई शिक्षा दिए मात्रै मधेश र मधेशीको अधिकार सुनिश्चित हुने बताउँनुभयो । आज बलान विहुल गाउँपालिकाका छात्राहरुलाई साईकल उपलब्ध गराउँदै बेटीहरु विना समृद्ध मधेश नबने भएकोले शिक्षातर्फ आक्रर्षित हुनुपर्ने जरुरी रहेको मृख्यमन्त्री राउतले बताउँनुभयो । बलान विहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइतका सभाध्यक्षतामा भएको सो कार्यक्रममा ७० जना बालिकालाई प्रदेश २ सरकारको तर्फ साईकल उपलब्ध गराएको पत्रकार रासिन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१