अरगरियाद्वारा संशोधन विद्येयक दर्ता

  • फाल्गुन १, २०७५
  • १६४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन १ राजन सिंह । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संघीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय संसदमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन , सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक माथि संशोधन विद्येयक दर्ता गराएको छ । संघीयतालाई बचाउनका लागि अनिवार्य संशोधन हुनु पर्ने प्रस्ताव नेपाल सरकार संग जोडदार माग राख्दै सदनमा विधेक दर्ता गराएको र सदनको दर्ता नम्बर ५ रहेको जनाईएको छ । (क्र.स. १.) दफा ४ उपदफा ४ मा नेपाल सरकारले तोकेको बमोजिम हटाउनुपर्ने संशोधनको व्योहोरा (क्र. स. २.) दफा ४ उपदफा ७ मा संघीय कानुन बमोजिम हुनेछ भन्ने व्यहोरा हटाउनुपर्ने (क्र.स. ३ ) दफा ४ उपदफा ८ प्रदेश प्रहरीको पोशाक प्रदेश प्रहरी नियमावलीले तोके बमोजिम हुनेछ भनी थप्नु पर्ने र सोही खण्डमा रहेको नेपाल सरकारले निर्धारण गरे बमोजिम शब्द हटाउनुपर्ने (क्र.स. ४) दफा ५ उपदफा १ , २ र ३ मा दफा ५ को उपदफा १,२ र ३ पुर्ण रुपेन संबिधानको धारा १६८ (२) , १६२ (२) र धारा ५६ को अनुसूची ६ को क्र.स. १ र अनुसूची ७ को ३ र ४ संग बाझिने भएकोले हटाउनुपर्ने (क्र.स. ५ ) दफा ६ उपदफा १,२,३,४,५,६,७,८ प्रदेश प्रहरीको काम कर्तव्य र अधिकार प्रदेश प्रहरी ऐन बमोजिम प्रदेश सभाले कानुन बनाउने भएकोले यो दफाको औचित्य यस विधेकमा नहुने भएकोले सम्पुर्ण दफा र उपदफा हटाउनुपर्ने (क्र.स. ६) दफा ७ संशोधनको व्यहोरा (च.) थप गरि , नेपाल प्रहरीको कार्यक्षेत्र बाहेकको अपराध रोकथाम , अनुसंधान र नियन्त्रण (छ.) थप गरि , फौजदारी कार्य्विधि को कार्यवन्यन (ज.) प्रदेश प्रहरी ऐनले तोकेको अन्य कार्य (क्र.स. ७) दफा ११ उपदफा २ यो उपदफाको औचित्य नरहेकोले हटाउनुपर्ने (क्र.स. ८) दफा १४ उपदफा १,२,३,४ र ५ मा दफा १४ को उपदफा १,२,३,४ र ५ संबिधानको धारा १६८ (२ ) ,१६२ ( २) र धारा ५६ को अनुसूची ६ को क्र.स. १ र अनुसूची ७ को ३ र ४ संग बाझिने भएकोले हटाउनुपर्ने (क्र.स. ९) दफा १५ उपदफा २ र ३ हाल रहेको यी दुईटै उपदफा हटाइ , जिल्लामा प्रदेश प्रहरीको परिचालन र नियन्त्रण प्रदेश प्रशासन अधिकारीले गर्नेछ भनी थप्नु पर्ने (क्र.स. १०) दफा १५ उपदफा ४ सामान्य शब्द हटाउनुपर्ने (क्र.स. ११) दफा १७ उपदफा १ मा प्रचलित संगै रहेको शब्द हटाउनुपर्ने लगायतका मागहरुलाई संशोधन गराउनका लागि जोडदार माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१